Archives

विदेशबाट पनि श्रम स्वीकृति

१ वर्ष अगाडि

काठमाडौं । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो ।गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएका दूतावासले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा […]

राजदूत यादवले बुझाइन् ओहोदाको प्रमाणपत्र, नेपाल भ्रमणको निम्तो

१ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत चित्रलेखा यादवले बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र बझाएकी छन्। एक विशेष समारोहका बीच राजदुत यादबलेअस्ट्रेलियाका गभर्नर जनरल शाम मोस्टेन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएकी हुन्। सोही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश राष्ट्रप्रमुख समक्ष हस्तान्तरण गर्दै राजदुत यादबले दुई देश बीच लामो समयदेखि आपसी मित्रता र सद्भाव कायम रहेको उल्लेख […]

अस्ट्रेलियामा बन्ने चलचित्र पिआरको पोष्टर सार्वजनिक

१ वर्ष अगाडि

काठमाडौं । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘पीआर स् पर्मानेन्ट रेसिडेन्ट’का दुई पोस्टर सार्वजनिक भएका छन् । शोभित बस्नेतको यो ३१ औं निर्देशकीय फिचर हुनेछ । २७ वर्षअघि ‘राजकुमार’बाट निर्देशन करिअरमा होमिएका बस्नेतको पछिल्लो निर्देशकीय फिल्म ‘बद्रीबहादुर’ थियो । छायांकन तयारीका लागि अहिले अस्ट्रेलियामा पुगेका बस्नेतले त्यहाँबाट फिल्मको पोस्टर सार्वजनिक गरेका हुन् । […]

बाणिज्य दुतावासलाई अधिकार प्रत्योजनमा पहल गर्छुः राजदुत यादब

१ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाका लागि नेपाली राजदुत चित्रालेखा यादबले अस्ट्रेलियामा रहेको कन्सुलर (वाणिज्य दुतावास) कार्यालयहरुलाई थप अधिकार प्रदान गर्नका लागि आफुले पहल गर्ने बताएकी छन् । धेरै नेपालीको जनसँख्या रहेको अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्यको सिड्नी र भिक्टोरियाको मेलर्बनमा सरकारले बाणिज्य दुतावास स्थापना गरेको छ । वाणिज्य दुतावासबाट पासपोर्ट लगायत अन्य कार्यहरु हुदै आएपनि केहि बर्षदेखि […]

एलिनाले दायर गरिन् सम्बन्धविच्छेद मुद्दा

१ वर्ष अगाडि

काठमाडौ । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले शुक्रबार वारेसमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी हुन् । गत ५ वैशाखमा एलिनाले र अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी थिइन् । सापकोटा र चौहानबीच लामो समय प्रेम सम्बन्धपछि बिहे भएको थियो । तर, बिहेपछि अस्ट्रेलिया गएकी चौहान काठमाडौं फर्किएपछि उनीहरूबीच राम्रो […]

संसदको हिउँदे अधिवेशनमा असन्तुष्टि पोख्नै ठिक्क

१ वर्ष अगाडि

काठमाडौ । पाँच महिना पछि शुक्रबार देखि सुरु भएको हिउदे अधिवेशनमा प्रधानमन्त्रीदेखि दलका नेता, सत्ताधारी देखि विपक्षीसम्म आरोप–प्रत्यारोपमा उत्रिएका छन् । सरकारले संसदमा ६ वटा अध्यादेश पेश गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिृवृद्धि गर्न अध्यादेश मार्फत संशोधन गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले आर्थिक तथा […]

रङहरूले उज्यालिँदै काठमाडौंका टोलहरु

१ वर्ष अगाडि

काठमाडौं । रंगहरू कसलाई मन नपर्ला ? त्यसमाथि एउटै रङमा रङ्गिएका घरहरूको लहरले कसलाई नलोभ्याउला ? काठमाडौं महानगरपालिका नम्बर वडा १० भित्रका कतिपय बस्ती अहिले त्यसैगरी लोभ्याउने बनिरहेका छन् । मध्यबानेश्वर, पुरानोबानेश्वर र थापागाउँका बस्तीभित्र प्रवेश गर्दा अहिले त्यस्तै देखिन्छ । सडक दायाँबायाँका प्रत्येक घरका पर्खालहरू रङ्ग्याइएका छन् । तर, एउटै होइन । टोलैपिच्छे फरक […]

सिड्नीमा महावाणिज्य दुतावासको नयाँ कार्यालय शुभारम्भ

१ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्यको सिड्नीमा रहेको महावाणिज्य दुतावासको नयाँ कार्यालयको शुभारम्भ गरिएको छ । सोमबार एक समारोहका बीच, अस्ट्रेलियाका लागि नेपाली राजदुत चित्रालेखा यादबले उक्त नयाँ कार्यालयको शुभारम्भ गरेकी हुन् । सरकारले सिड्नीमा सफल व्यवसायी एवम् सामाजिक अभियन्ताको पहिचान बनाएका सञ्जीब शर्मालाई महावाणिज्य दुत नियुक्त गरेसँगै उनले नयाँ कार्यालयको व्यवस्थापन गरेका हुन् […]

एनआरएनएमा घले र केसीको टकराब

१ वर्ष अगाडि

काठमाडौँ । विश्वभरका गैरआवासीय नेपालीको साझा संस्था भनिँदै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद उग्र बन्दै गएको छ । पूर्वअध्यक्ष शेष घले र ११औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी दुवै पक्षले संस्थाको महाधिवेशन गर्न छुट्टाछुट्टै मिति तोकेका छन् । एकर्काले आफूलाई आधिकारिक दाबी गर्दै चुनावी प्रक्रिया अघि बढाउन शाखाहरूलाई सर्कुलर गरेका छन् । जसले संस्थालाई विभाजनतिर […]

एन्जाको अधिवेशन फ्रेबअरी २१ र २२ क्यानवेरामा हुने

१ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसियसन (एन्जा) अष्ट्रेलियाको तेश्रो अधिवेशन फेब्रुअरी २१ र २२ क्यानवेरामा हुने भएको छ । गत २५ डिसेम्बरमा एन्जाको संरक्षक, सल्लाहकार र साधारण सदस्यहरु समेतको उपस्थितिमा सम्पन्न विशेष बैठकले अस्ट्रेलियाको राजधानी समेत रहेको क्यानवेरामा अधिवेशन गर्ने निर्णय लिएको हो । अस्ट्रेलियामा क्रियाशिल नेपाली पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको एन्जाले अधिवेशन मार्फत […]

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services