एन्जाको अधिवेशन फ्रेबअरी २१ र २२ क्यानवेरामा हुने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 weeks ago

सिड्नी । अस्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसियसन (एन्जा) अष्ट्रेलियाको तेश्रो अधिवेशन फेब्रुअरी २१ र २२ क्यानवेरामा हुने भएको छ । गत २५ डिसेम्बरमा एन्जाको संरक्षक, सल्लाहकार र साधारण सदस्यहरु समेतको उपस्थितिमा सम्पन्न विशेष बैठकले अस्ट्रेलियाको राजधानी समेत रहेको क्यानवेरामा अधिवेशन गर्ने निर्णय लिएको हो । अस्ट्रेलियामा क्रियाशिल नेपाली पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको एन्जाले अधिवेशन मार्फत आगामी कार्यकालका लागि नयाँ कार्य समिति समेत गर्ने जनाईएको छ ।

एन्जाका प्रवक्ता तक्दीर अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै अधिवेशनको टुगो लागेसँगै सम्पूर्ण तयारीहरु अघि बढाईएको जानकारी गराएका छन् । अधिवेशन घोषणा भएसँगै २४ महिनादेखि खुल्ला रहेको नयाँ आवेदन बन्द गरिएको छ भने सदस्यता नवीकरणका लागि जनवरी २५ तारिखसम्मको समयसीमा तोकिएको थियो । अधिवेशन सफल बनाउन बनाउन एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटा संयोजकत्वमा उपाध्यक्षहरु कृष्ण तिवारी, प्रकाश हुमागाई, छत्र शंकर, महासचिव नारायण खड्का, सचिव सरल गुरुङ, कोषाध्यक्ष खगेन्द्र सत्याल र प्रवक्ता तथा पब्लिक अफिसर तकदीर अधिकारी सम्मिलित तयारी समिति गठन गरिएको छ ।

त्यस्तै, अधिवेशनको आर्थिक र अन्य व्यवस्थापनको लागि बरिष्ठ उपाध्यक्ष कृष्ण तिवारीको संयोजकत्वमा विनायक अधिकारी, गणेश भट्ट र खगेन्द्र सत्याल सदस्य रहेको उपसमिति बनाउने बैठकले निर्णय गरेको विज्ञप्ती मार्फत जनाईएको छ । त्यस्तै एन्जाले हरेक वर्ष वितरण गर्दै आएको स्वर्गीय टीका कार्की स्मृति पुरस्कार वितरणको लागि संस्थाका अध्यक्ष देवकोटा, कानुनी सल्लाहकार टोनु घोताने र समुदायकी सक्रिय अगुवा प्रतिज्ञा अधिकारी सम्मिलित पुरस्कार छनोट समिति गठन गर्ने गरिएको छ । अस्ट्रेलियाको विभिन्न राज्यमा ५० हाहारीमा पत्रकारहरु सक्रिय रहेको बताईएको छ ।

(Visited 23 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services