काठमाडौं । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘पीआर स् पर्मानेन्ट रेसिडेन्ट’का दुई पोस्टर सार्वजनिक भएका छन् । शोभित बस्नेतको यो ३१ औं निर्देशकीय फिचर हुनेछ । २७ वर्षअघि ‘राजकुमार’बाट निर्देशन करिअरमा होमिएका बस्नेतको पछिल्लो निर्देशकीय फिल्म ‘बद्रीबहादुर’ थियो । छायांकन तयारीका लागि अहिले अस्ट्रेलियामा पुगेका बस्नेतले त्यहाँबाट फिल्मको पोस्टर सार्वजनिक गरेका हुन् ।
रन्जित शाहको आरएफएम फयासिलिटी मेनेजमेन्ट अस्ट्रेलिया र लेन(वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको छायांकन ११ फेब्रुअरीदेखि सुरु गर्ने तयारी छ । पोस्टरमा कलाकार र अन्य जानकारीलाई प्रस्तुत गरिएको छ ।पोस्टरमा कालकार आरए सुरज पौडेल, विनिता कार्की, आश्मा अधिकारी, पूजा चौधरी र राजन कुँवर फिचर्ड छन् । यी कलाकारलाई अडिसनबाट छनोट गरिएको निर्देशक बस्नेतले बताए ।
अस्ट्रेलियामा गएर नेपालीले स्थायी आवासीय प्रमाणपत्र (पीआर)का लागि गर्ने संघर्षको कथामा फिल्म बनाउन लागेको बस्नेतले बताए । ‘अस्ट्रेलियामा भएका नेपालीको वास्तविक घटनालाई आधार मानेर फिल्म बनाउन लागेको हुँ । यसले नेपालको अभिभावकको अपेक्षा र अस्ट्रेलियामा बसोबास गर्ने सोचको द्वन्द्वको कथा पनि भन्छ’, बस्नेतले भने ।
विभिन्न अस्ट्रेलियाली सहरसहित २५ प्रतिशत छायांकन नेपालमा समेत गर्ने तयारी छ । ‘फिल्मका लागि हामीले ४ सयजनाको अडिसन लिएका थियौं । तीमध्येबाट पाँच कलाकार फिल्मका लागि छनोट ग¥यौं’ उनले भने ।एवान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माताको रुपमा हुनेछन् । एसिया प्यासिफिक इ–कलेजका गणेश केसी कार्यकारी निर्मातामा छन् । मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद फिल्ममा हुनेछ । (साभार अनलाइन खबर डटकम)
© 2023. All rights reserved. Designed By: HK Web Services