राजदूत यादवले बुझाइन् ओहोदाको प्रमाणपत्र, नेपाल भ्रमणको निम्तो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत चित्रलेखा यादवले बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र बझाएकी छन्। एक विशेष समारोहका बीच राजदुत यादबलेअस्ट्रेलियाका गभर्नर जनरल शाम मोस्टेन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएकी हुन्।

सोही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश राष्ट्रप्रमुख समक्ष हस्तान्तरण गर्दै राजदुत यादबले दुई देश बीच लामो समयदेखि आपसी मित्रता र सद्भाव कायम रहेको उल्लेख गरेकी थिइन् । त्यस अवसरमा उनले अस्ट्रेलियाका राष्ट्रप्रमुखलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन् ।

राजदुत यादबले आफ्नो कार्यभार सम्हाल्न अस्ट्रेलिया आएदेखि नै नेपालमा उच्चस्तरीय राजनीतिक भ्रमण गराउने कार्यलाई पहिलो प्राथामिकता दिदै आएकी छन् । प्रमाणपत्र बुझाउनुअघि राजदूतको सम्मानमा सैनिक टुकडीले सलामी दिएको थियो भने अस्ट्रेलियाका आदिवासीहरुले आफ्नै शैलीमा देशमा स्वागत कार्यक्रम गरेका थिए ।

(Visited 49 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services