सिड्नीमा महावाणिज्य दुतावासको नयाँ कार्यालय शुभारम्भ
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 weeks ago

सिड्नी । अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्यको सिड्नीमा रहेको महावाणिज्य दुतावासको नयाँ कार्यालयको शुभारम्भ गरिएको छ । सोमबार एक समारोहका बीच, अस्ट्रेलियाका लागि नेपाली राजदुत चित्रालेखा यादबले उक्त नयाँ कार्यालयको शुभारम्भ गरेकी हुन् ।

सरकारले सिड्नीमा सफल व्यवसायी एवम् सामाजिक अभियन्ताको पहिचान बनाएका सञ्जीब शर्मालाई महावाणिज्य दुत नियुक्त गरेसँगै उनले नयाँ कार्यालयको व्यवस्थापन गरेका हुन् । सिड्नीको सबैभन्दा व्यस्त र मुटु मानिने टाउनहलमा खोलिएको कार्यालय भित्र नेपाली मौलिक कला, संस्कृति र परम्परा भल्किने गरि सजावट गरिएको छ । कार्यालयको उद्घाटन गर्दै राजदुत यादबले अस्ट्रेलियामा रहेका नेपालीहरुको समस्याको समाधान गर्न सबैको साथको अपेक्षा व्यक्त गरिन् ।

‘दुतावास र मातहतका निकायहरुबाट गरिने कामहरुलाई जति सके छिटो र प्रभावकारी बनाउने छौँ, तर यसका लागि हामीसँग सीमित स्रोत र साधन छ’, उनले भनिन्, ‘यसका लागि सबैको साथ र रचनात्मक सहयोग चाहिन्छ ।’ कार्यक्रममा सिड्नीका विभिन्न संघसंस्थाका प्रतिनिधी, व्यवसायी, एनआरएनएका प्रतिनिधी र सामाजिक अभियन्ताहरुको सहभागिता थियो ।

(Visited 41 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services