काठमाडौं ।दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकप क्रिकेटमा भाग लिएर नेपाली टोली घर फर्केको छ । विश्वकपमा नेपालले सुपर सिक्ससम्मको यात्रा तय गर्यो । प्रतियोगितामा पाँचवटा टेस्ट राष्ट्रसँग भिड्ने अवसर पाएको नेपालले अफगानिस्तानलाई मात्रै हराएको थियो ।समूह चरणमा पाकिस्तान र न्यूजिल्यान्डसँग हार व्यहोरेको नेपालले अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित हासिल गर्दै सुपरसिक्समा स्थान बनाएको थियो । […]
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले २६ दिनमा १२ हजार प्रति आत्मकथा आफैंले बेचेका छन् । पुनले आफ्नो आत्मकथा ’महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ देशभर डुलेर बेचेका हुन् ।यसबारे जानकारी दिँदै उनले फेसबुकमा लेखेका लेखेका छन्, ’काठमाडौंबाट बैतडीसम्म २६ दिन, २१४० कि.मी यात्रा, १२ हजार किताब बिक्री ।’ काठमाडौंबाट बैतडीसम्मको यात्रामा […]
सिड्नी । पश्चिमा विकसित देशहरूको जीवनपद्धति कस्तो होला ?धेरै जसो ठाउँमा मानिसको जीवनपद्धति त्यहाँको धर्मसंस्कृति, भूगोल र अन्य प्राकृतिक वातावरणले निर्देश गरेको हुन्छ। कतिपय ठाउँमा धर्मले विशेष स्थान लिएको हुन्छ। अलि पुरानो युरोपको कुरा गर्दा धर्म र शासन एकअर्कासँग जोडिएका थिए। शासकलाई धर्मले ईश्वरीय अधिकारप्राप्त मालिकका रूपमा परिभाषित गर्थ्यो। जनताको कुनै अधिकार हुँदैन थियो। फ्रान्सका […]
सिड्नी । अस्ट्रेलिया–नेपाल सिधा हवाई उडानका लागि अस्ट्रेलियामा रहेका नेपाली समुदायले व्यग्र प्रतिक्षा गरेपनि अझै टुगो पुग्न सकेको छैन् । यतिसम्मकी नेपाल सरकारका सँंस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीलाई समेत यसबारे अनभिज्ञ छन् । उनले नेपाल ट्युबलाई अन्र्तवार्ता दिने क्रममा सिधा उडानका लागि नेपाली पक्षबाट सम्पूर्ण काम सम्पन्न भएको र बाँकी काम अस्ट्रेलियाको […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् ।राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई सम्बोधन गर्दै उनले विद्यार्थीको बौद्धिक पोषणका निम्ति साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताएका हुन् । राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्वीर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा पद्धतिलाई […]
काठमाडौं । काठमाडौं–तराई फास्टट्रयाक निर्माणको जिम्मा दिएर नेपाली सेनालाई ठेकेदार बनाएको सरकारले अब हेटौंडा कपडा उद्योग चलाउन दिएर उद्योगपती पनि बनाउने तयारी गरेको छ ।यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् बैठकले २०७४ वैशाख २१ गते फास्टट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । तर, ५ वर्षमा सम्पन्न हुनुपर्ने फास्टट्रयाकको ट्रयाक खोल्ने कामसमेत […]
काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान० ले पहिलो पटक नेपाल ए टोली निर्माण गर्दैछ । छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता प्रदर्शनलाई मुख्य आधार मानेर नेपाल ए टोली निर्माण गरिने छ । युवा खेलाडीको प्रदर्शन दमदार हुँदा नेपाल ए टोली बनाउन छनोटकर्तालाई सहज भने हुने छैन । आईसीसी यू–१९ विश्वकपमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरु […]
काठमाडौं । दाङको बबई गाउँपालिका(५ का रेशमबहादुर मगरका बाबु कर्णबहादुरले आधा जीवन कतारमा बिताए । कतारमा ८ वर्ष भवन बनाउने मजदुरको रुपमा काम गरेका उनले त्यहाँ बगाएको पसिनाले ६ जनाको परिवारको जीविका चलाए । रेशमका बाबुमात्र हैन, उनका दुई काका प्रेम र जीतबहादुर मगरले पनि खाडीमै बगाएको पसिनाले सन्तानको शिक्षादीक्षा र खानपानको बन्दोबस्त गरे । […]
काठमाडौं । क्यानडाले आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको छ ।क्यानडाका सञ्चार माध्यमहरूका अनुसार नयाँ घोषणापछि लगभग ३ लाख ६४ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनको लागि क्यानडा प्रवेश गर्न पाउनेछन् । सन् २०२३ को तुलनामा यो ३५ प्रतिशतले कमी हो । सन् २०२५ को लागि यो संख्या सन् २०२४ को स्थिति मूल्याङ्कन […]
काठमाडौं । यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गते बिहीबारदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सोमबार नियमित र ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा ४ लाख ८९ हजार परीक्षार्थीले सहभागी हुन आवेदन दिएका […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services