महावीरले आफैं बेचे १२ हजार प्रति आत्मकथा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले २६ दिनमा १२ हजार प्रति आत्मकथा आफैंले बेचेका छन् । पुनले आफ्नो आत्मकथा ’महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ देशभर डुलेर बेचेका हुन् ।यसबारे जानकारी दिँदै उनले फेसबुकमा लेखेका लेखेका छन्, ’काठमाडौंबाट बैतडीसम्म २६ दिन, २१४० कि.मी यात्रा, १२ हजार किताब बिक्री ।’

काठमाडौंबाट बैतडीसम्मको यात्रामा बाटोमा सित्तैमा खाना, बस्न पाएको र २८ हजार रुपैयाँको डिजेल लागेको उल्लेख गरेका छन् । १२ हजार किताब ७५० दरले बिक्री हुँदा ९० लाख कमाई भएको देखिन्छ । चार करोड लक्षले हिडेका पुनलाई यो एक राहत हो ।

पुनले तीन महिना अगाडि आफ्नो आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ बजारमा ल्याएका छन् । ७० वर्ष कटेपछि ‘बुढेसकालको खर्च जुटाउने स्रोत’को रुपमा आत्मकथा लेख्न सोचेका पुनले राष्ट्रिय आविष्कार केन्द्रले पाएको अनुदानको प्रक्रिया पूरा गर्न चाहिने ४ करोड जोहो गर्नुपर्ने बाध्यताले केही चाँडै आत्मकथा ल्याएको बताएका छन् ।

७५० रुपैयाँ मूल्यको ३०६ पृष्ठको किताबमा पुनले आफ्नो व्यक्तिगत, सामुदायिकदेखि सार्वजनिक तथा राष्ट्रियसम्म काममा जोडिएका सबैजसो विषयमा खुलस्त लेखेका छन् ।

(Visited 27 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services