अस्ट्रेलिया–नेपाल सिधा हवाई कहिले ?– पर्यटनमन्त्रीलाई नै थाहा छैन्
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः6 months ago

सिड्नी । अस्ट्रेलिया–नेपाल सिधा हवाई उडानका लागि अस्ट्रेलियामा रहेका नेपाली समुदायले व्यग्र प्रतिक्षा गरेपनि अझै टुगो पुग्न सकेको छैन् । यतिसम्मकी नेपाल सरकारका सँंस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीलाई समेत यसबारे अनभिज्ञ छन् ।

उनले नेपाल ट्युबलाई अन्र्तवार्ता दिने क्रममा सिधा उडानका लागि नेपाली पक्षबाट सम्पूर्ण काम सम्पन्न भएको र बाँकी काम अस्ट्रेलियाको पक्षबाट हुने जानकारी दिएका छन् । ‘नेपालले चाहेर मात्र हुदैन्, अर्को पक्षबाट पनि काम हुनुपर्छ’, उनले भने, ‘अब छिट्टै काम सम्पन्न हुने विश्वास लिएका छाँ।’

नेपाल र अस्ट्रेलियाबीच सन् २०१९ मा सिधा हवाई उडान सम्झौता भएको थियो भने त्यसको करिब चार बर्षपछि गत मार्चमा नेपाल वायुसेवा निगमले सिड्नी विमानस्थलमा हप्ताको दुईपटक बिहीबार र शनिबार अतवरण तथा उडानको समय पाएको थियो । तर, अन्य प्राविधिक पक्षहरु बाँकी रहेका कारण सिडा उडानमा ढिलाई भइरहेको नेपाली पक्षको भनाई छ ।

सिधा हवाई उडान भए, व्यवसायिक रुपमा पनि नेपाललाई फाइदा हुने पर्यटन व्यवसायीहरुले बताउदै आएका छन् । अहिले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी र अभिभावबकहरु विभिन्न देशमा ट्राजिन्ट बनाएर नेपाल आउजाउ गरिरहेका छन् । नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले पनि उडानका लािग अस्ट्रेलियन नागरिक उड्डयनलाई पत्राचार गरिसकेको भन्दै छिट्टै अन्तिम अनुमति पाउने विश्वास व्यक्त गरेका छन् ।

निगमसँग भएको एयरबस ३३० जहाजले सिधा अस्ट्रेलिया उड्न नसक्ने भएकाले सिंगापुरमा तेल भरेर उडान गर्ने तयारी भइरहेको निगमले जनाएको छ ।

(Visited 22 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services