
काठमाडौं । दाङको बबई गाउँपालिका(५ का रेशमबहादुर मगरका बाबु कर्णबहादुरले आधा जीवन कतारमा बिताए । कतारमा ८ वर्ष भवन बनाउने मजदुरको रुपमा काम गरेका उनले त्यहाँ बगाएको पसिनाले ६ जनाको परिवारको जीविका चलाए । रेशमका बाबुमात्र हैन, उनका दुई काका प्रेम र जीतबहादुर मगरले पनि खाडीमै बगाएको पसिनाले सन्तानको शिक्षादीक्षा र खानपानको बन्दोबस्त गरे ।
११ कक्षा पढेपछि रेशमले पनि बुबा र काकाकै जस्तो विदेश जाने बाटो पछ्याए । तर उनले गन्तव्य चाहिँ फरक रोजे । ८ महिनायता उनी युरोपको क्रोएसियामा छन् । ‘खाडीमा बुबाले पाएको दुःख सुनेर त्यहाँ जान मन नै भएन, उनले भने, ‘राम्रो देशमा अवसर पनि राम्रो होला भनेर यहाँ आएँ ।’
प्युठानका मीनराज खड्काले खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स ९यूएई० मा ५ वर्ष अस्पताल क्लिनिङ ९सरसफाइ० को काम गरे । त्यहाँ उनी दैनिक १६ घण्टा काम गर्थे । त्यति गर्दा पनि मासिक ३० हजार रुपैयाँ भन्दा बढी कमाउन नसकेपछि स्वदेश फर्किएका उनी तीन वर्षपछि फेरि विदेश जाने निष्कर्षमा पुगे । तर यो पटक उनले खाडी नभएर युरोप राष्ट्र पोर्चुगल रोजे । ‘देशभित्र रोजगारी छैन । खाडीमा जाउँ दुःखमात्रै छ, कमाइ छैनु, उनी भन्छन्,’ ‘त्यहाँ पाएको दुःख सम्झेर अरु नै देश जाने बाटो रोजेँ ।’
प्यूठानको सरुमारानी गाउँपालिका–७ का किसान भण्डारीका जेठा र माइला दाइ रोजगारीका लागि साउदी अरेबिया र मलेसिया गए । दाजुहरु एक दशक ती देशमा बस्दा पनि आर्थिक हैसियत माथि उठाउन नसकेको देखेका किसान भने युरोप जाने सुरसारमा छन् ।
‘हाम्रा बाबु–दाजुले दुःखमात्र झेले, जति पसिना बगाए पनि अभाव टार्दाटार्दै दाइहरुको उमेर बित्यो,’ उनले भने, ‘त्यो दुःख म पर्न चाहन्न । खाडीमा जस्तो दुःख कम र कमाइ पनि राम्रो हुने भएकाले युरोप जाने सुरसारमा छुँ ।’
रोजगारीका लागि विदेश जाने नेपाली बढ्दो क्रममा छन्, तर गन्तव्य भने विस्तारै फेरिन थालेको छ । पछिल्लो दुई दशकसम्म प्रमुख श्रम गन्तव्य बनिरहेको खाडी मुलुक जानेको संख्या क्रमशः घट्दो छ । बरु युरोप जानेको संख्या विस्तारै बढ्न थालेको तथ्यांकबाट देखिएको छ ।श्रम मामिला विज्ञ रामेश्वर नेपाल पनि नेपालीको श्रम बजार युरोप बन्न थालेको बताउँछन् ।
बढ्दैछ युरोप जानेको संख्या
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०७८र७९ मा मलेसिया जान ३ लाख ६६ हजार र युएई, कतार, साउदी अरेबियालगायतका खाडी मुलुक जान ५ लाख ५० हजार जना नेपालीले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष ०७९÷८० मा भने मलेसिया जान २ लाख र खाडी मुलुक जान ४ लाख १५ हजारले श्रम स्वीकृति लिए ।
चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि पुससम्मको ६ महिनामा मलेसिया जान ४८ हजार जनाले श्रम स्वीकृति लिएका छन् ।विभागका अनुसार आर्थिक वर्ष ०७८र७९ मा युरोपका देशमा जान ११ हजार जनाले श्रम स्वीकृति लिएकामा ०७९र८० मा ३३ हजार जनाले लिए । चालु आर्थिक वर्ष ०८०र८१ को साउनदेखि पुससम्मको ६ महिनामा १६ हजार जनाले श्रम स्वीकृति लिएका छन् । उनीहरु रोमानिया, पोर्चुगल, क्रोएसिया, माल्टा, पोल्याण्ड, बेलायत जस्ता देश जानेहरु छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी युरोपेली देशमा नेपाली श्रमिकको आकर्षण र माग दुबै बढेको बताउँछन् । ‘श्रमिकको चाहना पनि खाडीभन्दा युरोप जाने नै देखिन्छु,’ उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय श्रम बजारमा पनि श्रमिकको माग युरोपमा बढेको देखिन्छ ।’पछिल्लो २०÷२५ वर्षदेखि नेपालीको रोजगारीको आवश्यकता मुख्यगरी खाडीले पूरा गरेकामा अब युरोप पनि श्रम बजारको रुपमा देखिएको उनको भनाइ छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services