Archives

सर्वाधिक धनराशीको गल्कोट कप भलिबलको उपाधि ढोरपाटनलाई

३ हप्ता अगाडि

सिड्नी । अस्ट्रेलियाको सबैभन्दा ठुलो राज्य न्यू साउथ बेल्सको सिड्नीमा सम्पन्न सर्वाधिक धनराशीको तेस्रो गल्कोट कप भलिबल प्रतियोगिताको उपाधि, ढोरपाटन क्लब अस्ट्रेलियाले जितेको छ । आइतबार लिडकमस्थित अर्बन बास्केटबल सेन्टरमा भएको फाइनलमा म्याग्दी जलजला परिवारलाई ३–० को सोझो सेटमा पराजित गर्दै ढोरपाटनले उपाधि जितेको हो ।पहिलो सेटमा पछि परेको स्थितिमा ढोरपाटनले २५–२२ को पूनरागमन जित […]

सिड्नीमा पारिजातको ८८ औं जन्मजयन्ती, ८ जनालाई अवार्ड प्रदान

२ हप्ता अगाडि

सिड्नी । नई एकेडेमी अस्ट्रेलियाले नेपाली साहित्यका नक्षत्र पारिजातको ८८ औं जन्मजयन्तीको अवसरमा विभिन्न विधामा अवार्ड प्रदान गरेको छ । शनिबार गुइल्डफोर्ड कम्युनिटी सेन्टरमा आयोजित विशेष समारोहका बीच साहित्य, पत्रकारिता र युवा अन्तरगत विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो । जस अनुसार, साहित्यतर्फ नई पारिजात अवार्ड राम प्रसाद कोइरालालाई प्रदान गरिएको छ । उनलाई नगद […]

सिड्नीमा तेस्रो गल्कोट कप भलिबल, राष्ट्रिय खेलाडीहरुको भिडन्त

३ हप्ता अगाडि

सिड्नी । अस्ट्रेलियाको सबैभन्दा ठुला शहर सिड्नीमा आइतबार (भोली) हुने सर्वाधिक धनराशीको तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक गल्कोट समाज अस्ट्रेलियाले जनाएको छ । प्रतियोगितामा १२ टोलीले सहभागिता जनाएका छन् । गल्कोट समाजका अध्यक्ष दीपक अधिकारीले प्रतियोगिताको सम्पूर्ण तयारी […]

नयाँ बर्षको स्वागतः मोना अस्ट्रेलियाको शुभकामना आदाप्रदान र बाविक्यू

४ हप्ता अगाडि

सिड्नी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले शुभकामना आदानप्रदान तथा बाविक्यू कार्यक्रम आयोजना गर्दै नेपाली नयाँ बर्ष २०८२ लाई स्वागत गरेको छ । आइतबार सिड्नीस्थित टेम्पे पार्कमा एक आपसमा शुभकामना आदानप्रदान, विविध मनोरञ्जनात्मक साँस्कृतिक र साँगेतिक प्रस्तुतीसँगै खेलकुद प्रतियोगिताहरु पनि सञ्चालन गरिएको थियो । मोना अस्ट्रेलियाका अध्यक्ष सुसन श्रेष्ठले संस्थाको बार्षिक कार्यक्रम अनुसार नयाँ […]

हुन्डी मार्फत ठगीधन्दा चलाउँदा पिआर रद्द

४ हप्ता अगाडि

सिड्नी । हुन्डी मार्फत नेपाल पैशा पठाईदिने भन्दै २० जनालाई २ लाख २० हजार डलर ठगी गरेपछि एक नेपालीको पिआर अर्थात स्थायी वशोवाश अनुमति रद्द गरिएको छ । अब उनलाई नेपाल डिर्पोट गरिने तयारी भएको छ । विभिन्न समयमा यसरी ठगी गरेका उनलाई सन् २०२२ को मार्चमा भिक्टोरियाको अदालतले दोषी ठहर गर्दै ४६ महिना जेल […]

कुनै बाद र व्यवस्थाको नाममा प्रेसमाथिको आक्रमण अस्वीकार्यः महासंघ अध्यक्ष शर्मा

४ हप्ता अगाडि

सिड्नी । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले कुनैपनि बाद र व्यवस्थाको नाममा पत्रकार र सञ्चारमाध्यममाथिको आक्रमण स्वीकार्य नहुने बताएकी छन् । गत चैत्र १५ गते काठमाडौको तीनकुनेमा राजसंस्था पुर्नस्थापनाको मागसहित भएको आन्दोलनका क्रममा आफ्नो कर्तव्य निर्वाह गरिरहेका श्रमजीवी पत्रकारको जीउदै जलाएर हत्या गरेको र अन्य सञ्चारगृह माथि योजनाबद्ध रुपमा तोडफोड गरिएको प्रसँग उल्लेख गर्दै […]

विपक्षी दलको प्रस्ताबः अन्तराष्ट्रिय विद्यार्थीको कोटा कटौती

४ हप्ता अगाडि

सिड्नी । अस्ट्रेलियाको संघीय निर्वाचनमा यदि प्रमुख प्रतिपक्षी दल, लिबिरल पार्टीले निर्वाचन जितेमा अस्ट्रेलिया अध्ययन गर्न चाहाने अन्तराष्ट्रिय विद्यार्थीलाई भिसा पाउन कठिन हुने भएको छ । उक्त पार्टीका प्रमुख एवम् प्रमुख प्रतिपक्षी दलका नेता पिटर डटनले निर्वाचनको पूर्वसन्ध्यामा अन्तराष्ट्रिय विद्यार्थीको सँख्यामा भारी मात्रामा कटौती गर्ने घोषणा सहित आफ्नो आप्रवासी नीति सार्वजनिक गरेका छन् । अस्ट्रेलियामा […]

सिड्नीमा मंगलाको बाविक्यूसँगै जर्सी हस्तान्तरण

१ महिना अगाडि

सिड्नी । मंगला कम्यूनिटी अस्ट्रेलियाले आइतबार बाविक्यू तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । अध्ययन र रोजगारको सिलसिलामा अस्ट्रेलियामा रहेका म्याग्दीको मंगला गाउँपालिका र आसपासका म्याग्देलीहरुले आपसी एकता, सद्भावसँगै एक अर्कालाई सहयोग गर्ने उद्देश्यसहित केहि महिनाअघि मंगला कम्यूनिटी गठन गरेको थियो । आइतबार सिड्नीको ओर्वन पार्कमा आयोजित बाविक्यू कार्यक्रममा भेटघाटसँगै साँगेतिक प्रस्तुतीहरु पनि देखाईएको थियो […]

घरेलु हिंसामा संलग्न नेपाली अस्ट्रेलियाबाट डिर्पोट

१ महिना अगाडि

सिड्नी । घरेलु हिंसामा संलग्न एक नेपालीलाई अष्ट्रेलियाले डिर्पोट गरेको छ । घरेलु हिंसामा संलग्न ती नेपालीलाई अष्ट्रेलियाको डिर्पाटमेन्ट अफ होम अफियर्सले डिर्पोट गरेको नेपालबाट प्रकाशित अन्नपूर्णपोष्ट डटकमले जनाएको छ । निष्कासनमा पर्नेमा थापा थरका व्यक्ती रहेका छन्। नेपालस्थित परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनलाई गत साता नेपाल पठाईएको थियो । थाइ एयरको जहाजबाट काठमाडौं फर्काइएको […]

अस्ट्रेलियामा जन्मेर नेपाल चिनिरहेका बालबालिका

२ महिना अगाडि

अस्ट्रेलिया । दक्षिण अस्ट्रेलियाकी स्नेहा अर्याल ५ वर्षकी थिइन्, जतिबेला उनी नेपाली भाषा विद्यालय जाने गर्थिन् । यतै जन्मिएकी उनलाई नेपाली भाषा पाठशालाले नेपाली लेख्न र बोल्न मात्र सिकाएन, नेपाली कलासंस्कृति र परम्पराका बारेमा समेत जान्ने र सिक्ने अवसर दियो । अहिले यहाँको विश्वविद्यालयमा उच्चशिक्षा लिइरहेकी उनी नेपाली दोस्रो पुस्ताको प्रतिनिधित्व गर्छिन् । नेपाली बोल्न […]

© 2023. All rights reserved. Designed By:  HK Web Services