सिड्नी । अस्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसिएशन (एञ्जा)को अध्यक्षमा कृष्ण तिवारी निर्वाचित भएका छन् । फेब्रअरी २१ र २२ अस्ट्रेलियाको राजधानी क्यानवेरामा सम्पन्न एञ्जाको तेस्रो अधिवेशनबाट तिवारीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको हो । अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरुमा निर्वाचन भएको थियो भने महासचिब, कोषाध्यक्ष र सचिब निर्विरोध चयन भएका थिए । ४३ जना मताधिकार […]
सिड्नी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको अध्यक्षमा सुसन श्रेष्ठ निर्वाचित भएका छन् । सिड्नीको रकडेलमा आइतबार सम्पन्न १८ औँ बार्षिक साधारण तथा नवौं अधिवेशनले आगामी दुई बर्षे कार्यकालका लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्ष लक्की श्रेष्ठ, प्रथम उपाध्यक्षमा दिनेश खत्री, द्धित्तिय उपाध्यक्षमा हिक्मत श्रेष्ठ, तृत्तिय […]
सिड्नी । दक्षिण कोरियामा गैरकानुनी रुपमा बसेका थप चारजना नेपालीलाई निष्काशन (डीपोर्ट) गरिएको छ। कोरियामा गैरकानुनी रुपमा बसेका उनीहरूलाई दक्षिण कोरियाको अध्यागमन कार्यालयले पक्राउ गरि नेपाल पठाएको हो। अध्यागमन स्रोतका अनुसार निष्काशित हुनेमा बिक, मगर, इसार र घिसिङ थरका एकरएक जना नेपाली रहेका छन्। उनीहरू यसैसाता कोरियन एयरलाइन्समार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका हुन्। […]
काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कन्सल्टेन्सीहरूलाई सेवा सञ्चालन गर्न अनुमति लिएको स्थानभन्दा बाहिर शाखा नखोल्न निर्देशन दिएको छ । अनुमति लिएको स्थानभन्दा बाहिर पनि शाखा खोलेको पाइएपछि मन्त्रालयले कन्सल्टेन्सीहरूलाई सचेत गराएको हो । मन्त्रालयवाट सञ्चालन अनुमति दिएको स्थानभन्दा बाहिर सेवा प्रदान गरिरहेको, अनुमति प्राप्त नभएको स्थानमा शाखा सञ्चालन समेत गरेको जानकारी यस मन्त्रालयलाई […]
सिड्नी । भ्रष्टाचार न्यूनीकरणमा प्रगति गर्न नसक्दा नेपाल विश्वकै बढी भ्रष्टाचार हुने मुलुकका रुपमा चिनिँदा, अस्ट्रेलियाले भने यसमा व्यापक सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सूचकमा नेपालको अवस्था अघिल्लो वर्षको भन्दा खस्किएको छ भने अस्ट्रेलियाको अवस्था दश बर्ष यताकै उत्कृष्ट देखिएको छ । अस्ट्रेलिया कम भ्रष्टाचार हुने, […]
काठमाडौं । पछिल्लो २३ दिनको अवधिमा अमेरिकाले २० नेपालीलाई फर्काइदिएको छ ।डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेको दिन २० जनवरी (माघ ७ गते) देखि फेब्रुअरी ११ (माघ २९ गते)को बीचमा २० जना नेपालीहरु डिपोर्ट भएको अध्यागमन कार्यालयको तथ्यांक छ ।ट्रम्पले सत्ता सम्हालेकै दिन अवैध आप्रवासीहरुलाई स्वदेश फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक […]
सिड्नी । त्रिभुवन विमानस्थलमा अध्ययन र रोजगारका लागि विदेशिने युवाहरुको भीड देख्दा लाग्छ, देश नै ‘विदेश’ गइरहेको छ । गाउँघरका उब्जनशील र खेतीयोग्य जग्गाहरु बाँझो हुदै जँगल र झाडीमा परिणत हुने क्रम तीब्र बनिरहँदा कृषिप्रधान मुलुकको पहिचान फगत एउटा नाममा मात्र सिमित हुने चिन्ता व्याप्त छ । यस्तै चर्को निराशाका बीच, विदेश पुगेका केहि जमात […]
काठमाडौँ । चितवन रत्ननगर नगरपालिका–८ घर भएर कुलेश्वर बस्ने अस्मिता आचार्य अहिले जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छिन् । उनीमाथि लागेको आरोप हो, ‘हनीट्रयाप’ । अर्थात पुरुषलाई जालमा पारेर रकम असुल गर्न खोजेको आरोप ।२८ वर्षीया आचार्यले ५० वर्षीय पुरुषलाई हनीट्रयापमा पारेको आरोपमा माघ २२ मा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार […]
सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए)को एकता कायम राख्न पहल गर्न आग्रह गर्दै ३० देशका एनआरएनए अध्यक्षहरुले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई पत्र लेखेका छन्। उनीहरुले लेखेको पत्रमा एनआरएनसँग सम्बन्धित रहेर सर्वोच्च अदालतले गरेको दुई खाले फैसलाका कारण अन्योलता बढेको उल्लेख छ। एनआरएनएको २०७८ मा भएको दसौं महाधिवेशनलाई २०८० चैत २१ गते खारेज गरेर […]
काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी नम्बर १ स्पाइकर सरस्वती चौधरीले अस्ट्रेलियामा सेटल हुने भएकी छन् । सशस्त्र प्रहरी बल (एपीएफ( बाट बिदा भएर उनी अस्ट्रेलिया आएकी हुन् । एपीएफका भलिबल खेलाडीहरुले सरस्वतीको बिदाइमा आज सानो कार्यक्रम राखेका थिए । उक्त कार्यक्रममा सरस्वती भक्कानिएकी थिइन् । विमानस्थलमा पनि उनलाई बिदाइ गर्न निरुता ठगुन्नालगायत भलिबल […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services