भ्रष्टाचार न्यूनीकरणमा अस्ट्रेलियाको छलाङ
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । भ्रष्टाचार न्यूनीकरणमा प्रगति गर्न नसक्दा नेपाल विश्वकै बढी भ्रष्टाचार हुने मुलुकका रुपमा चिनिँदा, अस्ट्रेलियाले भने यसमा व्यापक सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सूचकमा नेपालको अवस्था अघिल्लो वर्षको भन्दा खस्किएको छ  भने अस्ट्रेलियाको अवस्था दश बर्ष यताकै उत्कृष्ट देखिएको छ ।

अस्ट्रेलिया कम भ्रष्टाचार हुने, टप टेन मुलुक भित्र समावेश हुँदा, नेपाल भने १ सय ८० देश सम्मिलित सूचीको १ सय सातौ स्थामा पुगेको छ ।ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार, सन् २०२३ मा १०० मा ३५ अंक प्राप्त गरेको नेपालले २०२४ मा भने ३४ अंक मात्रै प्राप्त गरेको छ भने अस्ट्रेलियाले ७७ अंक प्राप्त गरेको छ । अस्ट्रेलियाले पछिल्लो बर्षमा नियमनकारी निकायलाई थप प्रभाकारी बनाएको र जनमुखी कार्यक्रमका आधारमा टपटेनमा परेको बताईएको छ । विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको पहिलो नम्बरमा डेनमार्क रहेका छन् । दोश्रोमा फिनल्याण्ड, तेस्रोमा सिँगापुर, चौथोमा न्यूजिल्याण्ड रहेका छन् । त्यस्तै, नर्वे, स्वीडेन, नेदरल्याण्ड जस्ता मुलुकहरु पनि अग्रस्थानमा रहेका छन् ।

(Visited 57 times, 1 visits today)

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services