सिड्नी । त्रिभुवन विमानस्थलमा अध्ययन र रोजगारका लागि विदेशिने युवाहरुको भीड देख्दा लाग्छ, देश नै ‘विदेश’ गइरहेको छ । गाउँघरका उब्जनशील र खेतीयोग्य जग्गाहरु बाँझो हुदै जँगल र झाडीमा परिणत हुने क्रम तीब्र बनिरहँदा कृषिप्रधान मुलुकको पहिचान फगत एउटा नाममा मात्र सिमित हुने चिन्ता व्याप्त छ । यस्तै चर्को निराशाका बीच, विदेश पुगेका केहि जमात भने कसरी स्वदेश फर्किने र गाउँघरका जमिनहरुलाई हरियाली बनाउने भन्नेमा तल्लीन छन् ।
विदेशमा एउटा यस्तो जमात छ, जो तत्काल गाउँ फर्किन आतुर छन् । हो, यस्तै एउटा जोडी हुन्, विराज खड्का र रिक्मा मैनाली खड्का । अस्ट्रेलियामा एकखाले ‘सेटल’ जिन्दगी त्यागेर उनीहरु नेपाल फर्के । पूख्र्यौली गाउँ विगु गाउँपालिका वडा नम्बर ८ स्थित खोपाचागु पुगेर घर निर्माण देखि बाख्रापालन, खरायोपालन, च्याउ खेती देखि गाउँको स्थानीय विद्यालयमा स्वयमसेवकको रुपमा पढाउनेसम्म काम गरिरहेका छन् । विराजले आफुहरु कसरी नेपाल फर्किने योजनामा पुगे ? गाउँमा कसरी कृषि सुरु गरे ? कस्ता–कस्ता चुनौती सामना गरे ? भन्ने विषयमा ३३ मिनेटको भिडियो बनाएर स्पष्ट पारेका छन् । बिराज र रिक्माको उक्त कार्यले धेरैलाई नेपाल फर्कन प्रेरित गरिरहेको छ । थप विवरण विराजको भिडियोबाट..
© 2023. All rights reserved. Designed By: HK Web Services