Archives

कुईनस्ल्याण्डमा सार्वजनिक यातायातको भाडा ५० सेन्ट कायम

८ घण्टा अगाडि

सिड्नी । अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यमा आगामी चार बर्षसम्म सार्वजनिक यातायातको भाडा ५० सेन्ट कायम हुने भएको छ । अक्टोबर २६ मा हुने राज्यस्तरीय निर्वाचनलाई लक्षित गर्दै मुख्यमन्त्री स्टेभन माइल्सले एकमहिना अघि लागु गरेको उक्त प्याकेजलाई विपक्षी दलले समेत निरन्तरता दिने घोषणा गरेपछि आगामी चारबर्षसम्म कायम हुने भएको हो । सर्वसाधारणले एक महिनादेखि कुइन्सल्याण्डमा ५० सेन्टमा […]

अन्तराष्ट्रिय विद्यार्थीको बार्षिक कोटा घटाउनु बाध्यता होः शिक्षामन्त्री

२ दिन अगाडि

सिड्नी । अस्ट्रेलियाका संघीय शिक्षा मन्त्री जेइसन क्लियरले अन्तराष्ट्रिय विद्यार्थीको बार्षिक कोटा घटाउनु, बाध्यात्मक परिस्थिति भएको बताएका छन् । सरकारले सन् २०२५ का लागि जम्मा २ लाख ७० हजार मात्रै अन्तराष्ट्रिय विद्यार्थीलाई भर्ना गर्ने घोषणासँगै विश्वविद्यालयहरुले आपत्ति जनाइरहेका बेला मन्त्री जेइसनले, घर र कोठाको अभाव चर्किनुका साथै अध्ययन गर्ने भन्दा काम गर्ने उद्देश्यले विद्यार्थीहरु आउँदा […]

पर्थमा हुने नेपाल फेस्टिभलको तयारी पूरा, १० हजार बढीले अवलोकन गर्ने

४ दिन अगाडि

सिड्नी । अस्ट्रेलियाको पर्थमा शनिबार हुने नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ । गैरआवासीय नेपाली संघ वेस्टन अष्ट्रेलियाले विभिन्न संघसंस्थासँगको सहकार्यमा आयोजना गरेको फेस्टिबलले नेपाली कला, संस्कृति परम्पराको जर्गेनासँगै प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याउनेछ । हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेस्टिवललाई सफल बनाउनका लागि सम्पुर्ण तयारीहरु पुरा भएको र पाहुनालाई स्वागतका लागि आतुर रहेको […]

म्याग्दी जलजला परिवार अस्ट्रेलियाको साधारणसभा हुने

५ दिन अगाडि

सिड्नी । म्याग्दी जलजला परिवार अस्ट्रेलियाको बार्षिक साधारण सेप्टेम्बर २२ मा हुने भएको छ । सिड्नीको ग्रानभिलस्थित रातोघरमा हुने साधारणसभाको सम्पूर्ण तयारी पुरा भएको जलजला परिवारले जनाएको छ । रोजगार र अध्ययनको सिलसिलामा अस्ट्रेलियामा रहेका म्याग्देलीहरुले सन् २०१२ मा उक्त संस्थाको स्थापना गरेका हुन् । संस्थाले स्थापनाकालदेखि अस्ट्रेलियामा बार्षिक रुपमा पुरुष तथा महिला भलिबल प्रतियोगिता, […]

अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच नदिने

६ दिन अगाडि

सिड्नी । अस्ट्रेलियाले बर्षमुनिको बालबालिकालाई सामाजिक सञ्जालको प्रयोग बन्द गर्ने तयारी गरेको छ । सानै उमेरदेखि सामाजिक सञ्जालमा पहुँच दिँदा बालबालिकाको मनोवैज्ञानिक बृद्धि विकासमा नकरात्मक असर पुग्ने र विभिन्न स्क्यामरहरुको निशानामा पर्ने जोखिम बढेको भन्दै प्रतिबन्ध गर्न लागिएको हो । त्यसका लागि सरकारले संसद्मा एक विधेयक दर्ता गरेको छ, जुन विधेयक तत्काल कार्यान्वयनमा आउने यहाँका […]

अस्ट्रेलियामा भिसा रद्द हुँदा धमाधम शरणार्थी बन्दै

१ हप्ता अगाडि

सिड्नी । अन्तराष्ट्रिय विद्यार्थीलाई कडाई गर्ने नीतिका कारण अस्ट्रेलियामै रहेका विदेशी विद्यार्थीहरु धमाधम शरणार्थी बन्न थालेका छन् । सरकारले गत डिसेम्बरमा दर्श बर्षे आप्रवासी नीति जारी गर्दै अन्तराष्ट्रिय विद्यार्थीहरु माथि अनुदार नीति लिएसँगै विद्यार्थीहरु समस्यामा परेका छन् । एकबर्ष यता अस्ट्रेलिया अप्लाई गरेका ६० हजार भन्दा बढी विद्यार्थी भिसा अस्वीकृत भएका छन् भने अस्ट्रेलिया मै […]

सिड्नीमा ट्रेन बन्द हुँदा निशुल्क बस चल्ने

१ हप्ता अगाडि

सिड्नी । उच्च गतिको ड्राइभर रहित मेट्रो रेल विस्तार गर्नका लागि सिड्नीको व्याङस्टाउन लाइनमा एकबर्षका लागि ट्रेन सेवा बन्द गरिने भएको छ । सेप्टेम्बर ३० बाट १२ महिनाका लागि ट्रेन सेवा बन्द गरिने भएपनि, आयोजना सम्पन्न हुँदा एकबर्ष भन्दा बढी समय लाग्न सक्ने न्यू साउथ बेल्स राज्य सरकारले जनाएको छ । ट्रेन सेवा बन्द हुँदा […]

अस्ट्रेलियामा एज्ड केयर क्षेत्रमा नर्सको अभाब बढ्दै

२ हप्ता अगाडि

सिड्नी । अस्ट्रेलियामा एज्ड केयर अर्थात बृद्धबृद्धा स्याहारसुसार केन्द्रमा नर्सहरुको अभाब बढ्दै गएको छ । सरकारी तथ्यांक अनुसार, अस्ट्रेलियाभर सञ्चालनमा रहेका एज्ड केयर सेन्टरहरुमा बार्षिक ५५ हजार ५ सय ७२ नर्स आवश्यक पर्ने भएपनि अहिले ५० हजार २ सय ३२ मात्रै उपलब्ध रहेका छन् । एज्ड केयर क्षेत्रमा कार्यरत नर्सहरु विस्तारै अस्पताल तथा अन्य क्षेत्रमा […]

© 2023. All rights reserved. Designed By:  HK Web Services