Archives

एनपीएलको उपाधिलाई सुदूरपश्चिम र जनकपुर भिड्ने

१ दिन अगाडि

काठमाडौं । सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनलमा भिड्ने भएका छन् ।बिहीबार भएको क्वालिफायर टु मा कर्णाली याक्समाथि २ विकेटको जित हात पार्दै जनकपुर बोल्ट्सले सुदूरपश्चिमसँग उपाधि भेट पक्का गरेको हो । यसअघि बुधबार भएको क्वालिफायर वान मा सुदूरपश्चिमले जनकपुरलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । […]

अस्ट्रेलियामा घट्यो बेरोजगारी, डार्विनमा बढी रोजगारी सिर्जना

२ दिन अगाडि

सिड्नी । अस्ट्रेलियामा पछिल्लो महिना बेरोजगारी दर न्यून हुँदा डार्विनमा सबैभन्दा बढी रोजगारीको अवसर सिर्जना भएको पाईएको छ । अस्ट्रेलियाको तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको नोभेम्बर महिनाको विवरणमा अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतबाट ३.९ प्रतिशतमा झरेको उल्लेख गरिएको छ । नोभेम्बर महिनामा ५२ हजार ६ सय नयाँ रोजगारी थपिएका छन् । यो अवधिमा क्रिसमस तथा […]

सिड्नीमा माघे संक्रान्ति मेला हुने

४ दिन अगाडि

सिड्नी । मगर समाज अस्ट्रेलियाले माघे सक्रांन्तिको अवसरमा अस्ट्रेलियाको सिड्नीमा माघे संक्रान्ति मेला २०२५ आयोजना गर्ने भएको छ । विगतदेखि निरन्तर माघे संक्रान्ति पर्वमा मेला आयोजना गर्दै आएको समाजले त्यसलाई यसबर्ष पनि निरन्तरता दिईएको छ । ११ जनवरी शनिवार गो व्हीटल्याम पार्कमा हुने मेलाको तयारी तीब्र पारिएको छ । समाजका अध्यक्ष लुकेश राम्जाली मगरले समाजले […]

नेपालमा टिकटकले छिट्टै मनिटाइजेसन लागू गर्ने

५ दिन अगाडि

काठमाडौ । भिडिओ सेयरिङ प्लेटफर्म टिकटकले नेपालमा कहिलेदेखि मनिटाइजेसन फिचर सुरू गर्छ भन्ने धेरैलाई चासो हुन सक्छ।हाल अमेरिका, जर्मनी, युके, फ्रान्स, इटली स्पेन लयायतका देशहरूमा टिकटक मनिटाइजेसन फिचर उपलब्ध भएता पनि दक्षिण एसियाका कुनै पनि देशहरूमा यो फिचर हाल उपलब्ध छैन। मनिटाइजेसन फिचर नभएपनि नेपालमा लाइभमार्फत आम्दानी गर्नेहरू थुप्रै छन्। लाइभमार्फत कन्टेन्ट बनाएर गिफ्टमार्फत आयआर्जन […]

इमेल पठाएर विदेशी विद्यार्थीको शैक्षिक कागजातहरु माग्दै क्यानडा

६ दिन अगाडि

सिड्नी । क्यानडा सरकारले विदेशी विद्यार्थीको सँख्या घटाउने रणनीति अनुसार, अहिले विभिन्न शैक्षिक विवरण माग्न थालेको छ । त्यहाँको अध्यागमन विभागले विदेशी विद्यार्थीसँग भिसा, अध्ययन अनुमतिपत्र, शैक्षिक रेकर्ड, अंकपत्र, हाजिरी लगायतका विवरण माग्दै धमाधम इमेल पठाउन थालेपछि विद्यार्थीहरु तनाबमा परेका छन् । क्यानडाका सञ्चारमाध्यमहरुका अनुसा, इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप विभाग (आईआरसीसी) ले विदेशी विद्यार्थीहरूलाई इमेल […]

विवश सरको अस्ट्रेलिया उडान

७ दिन अगाडि

विवश सर शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरी हाम्रो विद्यालयमा आएका नव आगन्तुक शिक्षक हुनुहुन्थ्यो। स्नातकोत्तर सम्मको अध्ययन पूरा गरी पहिलो प्रयासमै प्राथमिक तहको स्थायी शिक्षक हुन सफल उहाँ जोस जाँगरले भरिएको एक सशक्त युवा हुनुहुन्थ्यो। उहाँको गतिशीलता साँच्चिकै अनुकरणीय थियो। आफ्नो शिक्षणमा नवीनता ल्याउन सधैँ तत्पर विवश सर बेलाबेला भन्नुहुन्थ्यो, ‘हाम्रो विद्यालय यस […]

एनआरएनएको एकता महाधिवेशनमा अवरोध नगर्न सर्वोच्चको पत्र

१ हप्ता अगाडि

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ ९एनआरएनए०को एकता महाधिवेशन गराउने क्रममा कुनै पनि किसिमको अवरोध नगर्न भन्दै संघको बालुवाटारस्थित सचिवालयलाई पत्राचार गरेको छ । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले कात्तिक २७ गते सचिवालयलाई पत्राचार गर्दै गत चैत २१ गतेको परमादेशअनुसार ६ महिनाभित्र पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन गराउनका लागि सहजीकरण गर्न निर्देशन दिएको हो […]

अस्ट्रेलियामा संसदको उम्मेदवार बन्दै विनोद

१ हप्ता अगाडि

सिड्नी । नेपाली मूलका विनोद पौडेलले अस्ट्रेलियाको प्रमुख विपक्षी दल लिबरल पार्टीको तर्फबाट संसदको उम्मेदवारी दिने भएका छन्। आगामी सन् २०२५ को निर्वाचनको लागि लिबरल पार्टीले न्यू साउथ वेल्स राज्यको मैकार्थर क्षेत्रबाट पौडेललाई उम्मेदवार बनाउन लागेको हो। लिबरल पार्टीको तर्फबाट उम्मेदवार बनेर संघीय संसदमा पुग्ने अवसर पाउनेमा आफू विश्वस्त रहेको पौडेलले बताए।ुयसअघिको निर्वाचनमा पराजित भए […]

अस्ट्रेलियाले १ सय २६ पेशालाई सीपमुलक सूचीबाट हटायो

१ हप्ता अगाडि

सिड्नी । अस्ट्रेलियाले १ सय २६ पेशालाई कोर स्किल्स अकुपेशन लिष्टबाट हटाएको छ । लामो समयदेखि सीपमुलक मानिएका उक्त पेशाहरु हटाईएपछि हजारौँ आप्रवासीहरु अन्र्योलमा परेका छन् । डिर्पाटमेन्ट अफ होम अफियर्सले गत बुधबार सार्वजनिक गरेको ४ सय ५६ कोर अकुपेशन लिष्टमा यसअघि सीपमुलक मानिएका १ सय २६ पेशालाई हटाईएको छ । जसमा, क्याफे तथा रेष्टुरेष्ट […]

सिड्नीमा कोठा भाडा घट्ने संकेत

२ हप्ता अगाडि

सिड्नी । यदि तपाँई सिड्नी र मेलर्बनमा कोठा खोज्दै हुनुहुन्छ भने तपाँईका लागि खुशी खबर रहेको छ । यी दुई शहरमा सन् २०२१ पछि पहिलो पटक कोठा भाडाको मुल्य घट्न थालेको देखिएको छ । घरजग्गा र कोठा भाडा सम्बन्धि जानकारी दिने कोर लजिकले सार्वजनिक गरेको नोभेम्बर महिनाको रिर्पोटमा सिड्नी र मेलर्बनको समग्र मुल्य ०.२ प्रतिशतले […]

© 2023. All rights reserved. Designed By:  HK Web Services