In case you missed it

विद्यार्थीसँगको सम्बन्ध प्रगाढ बनाउंदै स्टूडेण्ट भाइस

२ घण्टा अगाडि

सिड्नी । अष्ट्रेलिया अध्ययनका लागि शैक्षिक परामर्शदाताको पहिचान बनाइसकेको स्टूडेण्ट भाइसले विद्यार्थी केन्द्रित अभियानलाई प्राथमिकता दिएर काम गरिरहेको जनाएको छ । भाइसले गत शनिबार विद्यार्थी, अभिभावक र विभिन्न कलेजका प्रतिनिधीबीच बाविक्यू कार्यक्रम मार्फत अन्तरसंवाद गर्दै विद्यार्थीका समस्या र समाधानका उपायसँगै अस्ट्रेलियामा शैक्षिक व्यवसायलाई कसरी परिणामुखी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । भाइसले यसअघि,…

एनआरएनएको मिडिया टास्क फोर्स गठन

७ घण्टा अगाडि

काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले मिडिया टास्क फोर्स गठन गरेको छ । बेल्जियमका शिवकुमार बरुवाल र बेलायतका सोमनाथ सापकोटाको संयोजकत्वमा गठन गरिएको फोर्समा अस्ट्रेलियाका बाबा राजेश्वरी थापा उप–संयोजक रहेका छन् । चेक रिपब्लिकका डा. चिरञ्जीवी खड्का सदस्य सचिव रहेको फोर्सको सदस्यमा पणिन्द्र भट्टराई बेलायत, दीपक गौतम जापान, सूर्य थापा अमेरिका, चिरञ्जीवी…

एडिलेडमा निकालिए बोलबम यात्रा

७ घण्टा अगाडि

एडिलेड । साउथ अस्ट्रेलियाको राजधानी एडिलेडमा नेपाली समुदायले सोमबार बोलबम यात्रा निकालेका छन् । भगवान शिवको प्रिय महिना साउनमा पुजाआजासँगै बोलबम यात्रा गरे सुख, शान्ति र शौभाग्य प्राप्त हुने जनविश्वासका ७ किलोमिटर यात्रा गरिएको हो । एडिलेडमा रहेको शिब मन्दिर डोभर गार्डेन देखि ब्राइटन समुन्द्रसम्म पहेलोबस्त्र धारण गरि ७ किलोमिटर यात्रा गरिएको इभेन्टका संयोजक गोकुल…

‘देशै फर्के जस्तो, घरै रहे जस्तो’

१ दिन अगाडि

सिड्नी । सिड्नी शहर, त्यसै त रँगीन शहर हो । जहाँ जीवनका रंग खोज्ने र भेट्नेहरुको लुकामारी चलिरहन्छ । शनिबार म्यारिकभिलस्थित टाउनहलमा नेपालीमुलका आदीबासी जनजातिहरुको जातीय पहिरन र परेडले रंगीन सिड्नी झनै रंगीन देखिदै थियो । प्रसँग थियो, २८ औँ अन्तराष्ट्रिय आदीबासी जनजाति दिवस । नेपाली आदिबासी जनजाती मञ्च अस्ट्रेलियाको आयोजनामा शनिबार सिड्नीमा यसरी नै…

बालेन र हर्कहरुको उदय दलहरुप्रति जनताको वितृष्णा: गुरुङ

१ दिन अगाडि

सिड्नी । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पछिल्लो समय राजनीतिमा स्वतन्त्र उमेद्वार बालेन शाह र हर्क साङपाङहरुको उदय दलहरुप्रति जनताको वितृष्णा भएको भन्दै त्यसलाई समयमै बुझ्न आवश्यक रहेको बताएका छन् । नेप्लिज अस्ट्रेलियन डेमोक्रेटिक फोरमको १२ आँै अधिवेशनको शनिबार साँझ सिड्नीमा उद्घाटन गर्दै उपसभापति गुरुङले भने, ‘यो आगोको झिल्को जस्तै छ, यसलाई निभाउन प्रयत्न…

मेलवर्नमा नेपाल फेस्टिभलको तयारी तीब्र

३ दिन अगाडि

सिड्नी । आगामी १० सेप्टेम्बरमा अस्ट्रेलियाको प्रमुख शहर मेलर्वनमा हुने नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ । फेस्टिभलका लागि विभिन्न समिति तथा उपसमिति मार्फत प्रचारप्रसार, अतिथि आमन्त्रण लगायत आन्तरिक तथा बाह्य तयारीलाई तीब्र पारिएको हो । गैर आवासीय नेपाली सघं (एनआरएनए) अष्ट्रेलियाको आयोजनामा हुने फेस्टिभलका लागि प्रमुख अतिथिका रुपमा भिक्टोरिया राज्यका प्रिमियर (मुख्यमन्त्री) डेनियल…

राजदुत पोखरेलको आग्रह, ‘बैकिङ प्रणाली मार्फत नै पैसा पठाउनु’

३ दिन अगाडि

सिड्नी । अष्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले अष्ट्रेलियाबाट घर पैसा पठाउँदा अनिवार्य रुपमा बैकिङ प्रणाली प्रयोग गर्न आग्रह गरेका छन् । अष्ट्रेलियामा नेपाली समुदायले नेपाल रकम पठाउँदा हुन्डीको प्रयोग बढी गरिरहेको गुनासालाई मध्यनजर गर्दै राजदुत पोखरेलले मातृभूमिलाई सम्झेर अनिवार्य रुपमा बैकिङ प्रणाली प्रयोग गर्न आग्रह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुक मार्फत राजदुत पोखरलले…

म्याग्दीमा ऐजेरुले घट्यो आलु उत्पादन

५ दिन अगाडि

ऐजेरु रोगका कारण म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज आलुको उत्पादन घटेको छ । राम्चे, नागी मात्र नभएर आलु खेती हुने म्याग्दीका सबै ठाउँमा यसवर्ष उत्पादन घटेको किसानले बताएका छन् । ‘सिक्काइट्रियम इन्डोवायोमेटिकम’ नामक ढुसीबाट हुने ऐजेरुले आलुको बोट र दाना दुवैमा असर पार्छ । यसले दानालाई कालो बनाएर बिगार्छ । किसानका अनुसार यसअघि म्याग्दीको…

अष्ट्रेलियाको विग व्यास लिगमा सन्दीपको उच्च संभावना

५ दिन अगाडि

सिड्नी । युवा स्टार स्पिनर एवम् नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेको यस सिजनको विग व्यास लिग खेल्ने संभावना उच्च देखिएको छ । सिजन २०२२–२३ का लागि अन्तिम ’ड्राफ्ट’मा समावेश भएसँगै लगातार पाँचौँ सिजन खेल्ने संभावना बढेको हो । विग व्यास लिग विश्वको इन्डियन प्रिमियर लिग (आइपिएल) पछिको प्रतिष्ठित लिग हो । बिबिएलका टिमले…

अष्ट्रेलियामा नेपाली कलाकारको लर्को

६ दिन अगाडि

सिड्नी । कोभिड महामारीपछि अष्ट्रेलियामा नेपाली विद्यार्थी मात्र होइन्, कलाकारहरुको पनि लर्को लागेको छ । उच्च शिक्षा अध्ययनको गन्तव्य बनिरहेको अष्ट्रेलियामा विभिन्न अवसर पारेर गायक/गायिका देखि नायक/नायिकाहरुको उपस्थिति बाक्लिदै गएको हो । अष्टे«लियाको विभिन्न राज्यमा क्रियाशिल नेपाली समुदायका सामुदायिक संघसंस्था देखि व्यवसायिक रुपमा कार्य गर्दै आएको इभेन्ट आयोजकहरुको निमन्त्रणामा कलाकाहरुको दौडाहा बढेपछि हप्तैपिच्छे मनोरञ्जनात्मक गतिविधी…

Contact us

About

© 2022. All rights reserved. Designed By:  Hari Karki

error: Content is protected !!