अस्ट्रेलियामा टी–ट्वान्टी विश्वकप क्रिकेट आजदेखि
प्रकाशित मितिः2 years ago

सिड्नी । आठौं संस्करणको आईसीसी टी(ट्वान्टी विश्वकप क्रिकेट आइतबारबाट अष्ट्रेलियामा सुरु भएको छ । भिक्टोरियामा आइतबार पहिलो राउण्ड अन्तर्गत समूह ए का दुई खेलहरु हुँदैछन् । उद्घाटन खेलमा नामिबिया र श्रीलंका खेल्दै छन् । जीएमएचबीए मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ९स्४५ मा सुरु हुनेछ ।

नामिबीया आफ्नो दोस्रो विश्वकप खेल्दै छ । पूर्व च्याम्पियन श्रीलंका भने हरेक विश्वकपमा सहभागी रहदै आएको छ । यि दुई टोली टी(ट्वान्टी अन्तराष्ट्रियमा एक पटक खेलेका छन् । सो भेटमा श्रीलंका ७ विकेटले विजयी भएको थियो ।पछिल्लो पाँच टी–ट्वान्टी आई खेलमा अपराजित श्रीलंका सोही लयलाई निरन्तरता दिन चाहन्छ । नामिबीया विगत भुलेर उत्कृष्ट सुरुआत गर्न चाहन्छ ।

आइतबार नै हुने दोस्रो खेलमा समूह एु का यूएई र नेदरल्यान्ड्स खेल्दै छन् । यूएई आफ्नो दोस्रो टी–ट्वान्टी विश्वकप खेल्दै छ । नेदरल्यान्ड्सले यसपटक ५ औं पटक विश्वकप खेल्दै छ । यि दुई टोलीबीचको पछिल्लो पाँच भेटमा चार पटक यूएईले जित हात पार्दा एक खेल नेदरल्यान्ड्सले जितेको छ । यूएई सोहि लयलाई जारी राख्न चाहन्छ भने नेदरल्यान्ड्स इतिहास बदल्न चाहन्छ ।यस विश्वकपमा १६ राष्ट्र सहभागी रहेका छन् । १६ टोलीमा ८ टोलीले पहिलो राउण्ड खेल्नेछन् । पहिलो चरणमा ४र४ टोलीको दुई समूह रहेकोमा दुबै समूहका शीर्ष दुई टोली दोस्रो राउण्डका लागि छनोट हुनेछन् ।

पहिलो राउण्डको समूह ए मा श्रीलंका,नामिबीया,यूएई र नेदरल्यान्ड्स रहेका छन् । समूह बी मा वेस्ट इण्डिज,जिम्बाबे,आयरल्याण्ड्स र स्कटल्याण्ड रहेका छन् ।दोस्रो राउन्डमा पुगिसकेका आठ टोली र पहिलो राउण्डबाट आउने चार टोली पुन: सुपर १२ मा खेल्नेछन् । यसमा रहेका १२ टोलीलाई पनि ६र६ टोली गरि दुई समूहमा बिभाजन गरिने छ ।

दुई समूहका शीर्ष २२ टोली सेमिफाईनलमा पुग्ने छन् । सुपर १२ को समूह एकमा अष्ट्रेलिया,न्युजिल्याण्ड,अफगानस्तान,इंग्ल्याण्ड,पहिलो राउण्ड समूह ए को बिजेता र पहिलो राउण्ड समूह बी को उपबिजेता रहनेछन् ।समूह दुईमा भारत,पाकिस्तान,दक्षिण अफ्रिका,बंगलादेश,पहिलो राउण्ड समूह  बी को बिजेता र पहिलो राउण्ड समूह ए को उपबिजेता रहने छन् ।यस विश्वकपको फाईनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।साभार खेलपाटी डटकम 

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services