अस्ट्रेलियामा निर्माण क्षेत्रमा काम गर्नेलाई १० हजार डलर प्रोत्साहन भत्ता
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 months ago

सिड्नी । निर्माण क्षेत्रमा चर्को कामदारको अभाब झेलिरहेको अस्ट्रेलियाले यस क्षेत्रमा काम गर्न चाहानेहरुलाई १० हजार डलर प्रोत्साहन भत्ता दिने भएको छ । अस्ट्रेलिया भर घर र कोठाको चरम अभाब हुँदा सरकारले आगामी चारबर्षभित्र १२ लाख नयाँ घर बनाउने महत्वकाँक्षी योजना अघि सारेको छ ।

सोही लक्ष्य पुरा गर्न सरकारले निर्माण क्षेत्रमा काम गर्न चाहानेहरुलाई काम सुरु गरेको मितिदेखि तीन बर्षको अवधीमा चार किस्तामा गरि १० हजार डलर प्रोत्साहन भत्ता उपलब्ध गराइने जनाईएको छ । प्रधानमन्त्री एन्थोनी एलबनीजिले शुक्रबार उक्त प्याकेज घोषणा गर्दै निर्माण क्षेत्रमा कामदारलाई आकर्षित गर्न र टिकाईराख्न प्याकेजले सहयोग पुग्ने बताएका छन् । आगामी जुलाई १ बाट लागू हुने उक्त प्याकेज अन्र्तगत काम सुरु गरेको ६ महिना, १२ महिना, १८ र ३६ महिनामा रकम दाबी गर्न पाईनेछ ।

सरकारी लक्ष्य पूरा गर्न अहिले अस्ट्रेलियामा निर्माण क्षेत्रमा बार्षिक २ लाख कामदार आवश्यक पर्ने भएपनि, न्यून मात्रामा आपूर्ति हुदै आएका छन् । पर्याप्त घरको अभाबमा अस्ट्रेलियामा कोठाको हाहाकार मच्चिएको छ, जसका कारण कोठाको भाडा आकाशिदै जाँदा, खाशगरि विद्यार्थीहरु र मध्यम आय भएका परिवारहरु ठुलो समस्यामा परेका छन् । अहिले अस्ट्रेलियामा निर्माण क्षेत्रसँगै इलेक्टिसियन, कापेन्टर, र पलम्बरहरुको माग पनि उच्च रहेको छ । उनीहरुलाई पनि प्रोत्साहनभत्ता दिईने जनाईएको छ ।

(Visited 54 times, 1 visits today)

One comment

Comments are closed.

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services