अस्ट्रेलियाद्धारा टुइटरलाई साढे पाँच करोड जरिवाना
प्रकाशित मितिः9 months ago

सिड्नी । चर्चित सामाजिक सञ्जाल टुइटरलाई अस्ट्रेलियाले ६ लाख १० हजार अस्ट्रेलियन डलर अर्थात करिब साढे पाँच करोड रुपैयाँ जरिवाना गर्ने भएको छ । बालहिँसा सम्बन्धि सामाग्रीलाई कसरी नियन्त्रण गर्ने भन्ने सवालमा जवाफ नदिएको भन्दै अस्ट्रेलियाको इसेफ्टी कमिशिनरले उक्त जरिवाना तोकेको हो ।

अस्ट्रेलिया सरकारले सन् २०२१ मा जारी गरेको, अनलाईन सेफ्टी ऐनका आधारमा गत फेब्रअरीमा कमिशिनरले टुइटर लगायत अन्य विश्वचर्चित सामाजिक सञ्जाल फेसबुक, गुगल, टिकटक लगायतलाई यससम्बन्धि सूचना जारी गरेको थियो । तर, टुइटरले तोकिएको समयभित्र कुनै जवाफ नदिएपछि, कारबाही गरेको जनाईएको छ ।

विश्व धनाढ्य एलन मस्कले नेतृत्व गरिरहेको टुइटरमाथि अस्ट्रेलियाले लिएको पछिल्लो कदमलाई प्रविधिको युगमा बालअधिकार स्थापितका लागि महत्वपूर्ण अग्रसरताको रुपमा लिईएको छ ।कमिशनरले आगामी २८ दिनभित्र जरिवाना रकम जम्मा गर्न टुइटरलाई पत्राचार पनि गरिसकेको जनाएको छ ।

(Visited 21 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services