होला त अक्टोबरमा एनआरएनको १२ औँ महाधिवेशन ?
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआएनए०को महाधिवेशन अक्टोबरमा हुने भएको छ।एनआरएनएका महासचिव गौरी राज जोशीले अक्टोबर ११ देखि १४ सम्म महाधिवेशनको निर्णय भएकाले सदस्यता खुला गरिएको जानकारी गराएका छन्।सदस्यता खुल्ला भइसकेका एनसिसीमा तीव्र गतिमा अघि बढाउन र खुल्ला नभएका एनसिसीहरुमा तत्काल सुरु गर्न महासचिव जोशीले निर्देशन दिएका छन्।

जनवरी १९ मा बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयरपदाधिकारी बैठकको निर्णय अनुसार जुलाई महिनामा एनसिसीको राष्ट्रिय महाधिवेशन सम्पन्न गरीसक्न समेत भनिएको छ।संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (सन् २०२३–२०२५ कार्यकाल) को आधिकारिता सम्बन्धित विषय उपर सर्वोच्च अदालतले ११ औं महाधिवेशन स्वायत्त रहेको भनेर गरिएको फैसलालाई समेत महासचिव जोशीले स्मरण गराएका छन्।

‘‘संघका पूर्वअध्यक्ष शेष घले समूहले संघको महाधिवेशन आयोजना गर्ने जनाई विभिन्न पत्राचाररइमेल एनसिसीहरुमा भइरहेको जानकारी हुन आएको हुँदा उक्त पत्राचार र इमेल संघ सम्बन्धित नभएको र त्यस्तो पत्राचारमा संघको सरोकार नरहेको हुँदा भ्रमरअन्यौलमा नरहि संघको निर्देशनानुसार मात्र कार्य गर्न निर्देशन दिइन्छ,’ जोशीले एनसिसीहरुलाई गरेको पत्राचारमा भनिएको छ, ‘महान्यायाधिवक्ताको कार्यालयबाट राय लिई अघि बढ्ने सम्म सहमति भएको विषयमा परराष्ट्र मन्त्रालयबाट आवश्यक कार्य हुने नै हुँदा संघको गतिविधि र निरन्तरतालाई खलल पुग्ने गरि कुनै पनि समूहबाट कार्य हुन नसक्ने र त्यस्तो कार्य भएमा संघले स्वामित्व समेत नलिने जानकारी गराउँदछौं।’

कुनै हल्ला र भ्रमको पछी नलागि अक्टोबर११ देखि १४ (अशोज २५ देखि २८)मा हुने महाधिवेशन सम्पन्न पार्न समेत एनआरएनएले अपिल गरेको छ। (साभार सेतोपाटी डटकम)

(Visited 43 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services