नयाँ उचाइमा अमेरीकी डलरको मूल्य
प्रकाशित मितिः2 years ago

काठमाडौं । अमेरिकी डलरको मूल्य पुन: बढेर नयाँ रेकर्ड बनाएको छ । १८ असोज शुक्रबार १ अमेरिकी डलरको विनिमय दर ९बिक्री मूल्य० १३२ रुपैयाँ ६ पैसा र खरिद मूल्य १३१ रुपैयाँ ४६ पैसा पुगेको छ ।२२ असोजको १ अमेरिकी डलरको बिक्री मूल्य १३२ रुपैयाँ २ पैसा र खरिद मूल्य १३१ रुपैयाँ ४२ पैसा रहेको थियो । २५ असोजसम्म स्थिर रहेको डलरको मूल्य २६ र २७ असोजको लागि बिक्री दर १३२ रुपैयाँ १ पैसा र खरिददर १३१ रुपैयाँ ४१ पैसा रहेको थियो ।

अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा लगातार कमजोर बन्दा नेपाली मुद्रा पनि कमजोर बन्दै गएको छ । पछिल्लो पटक दुई साता अगाडि अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ ९फेड० ले ब्याजदर वृद्धि गरेसँगै डलरसँग भारतिय रुपैयाँ ९भारु० लगातार कमजोर बन्दै गएको छ । भारतीय मुद्रा कमजोर बन्दा स्थिर विनिमय दरको कारण नेपाली मुद्रा पनि हालसम्मकै कमजोर बनेको छ ।

९ असोज शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य त्यसयता लगातर बढ्दो क्रममा नै देखिएको छ । ९ असोज शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा रहेको र खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको थियो ।अगामी दिनमा फेडले ब्याजदर थप बढाउने प्रक्षेपण भइरहँदा डलर बलियो बनेको अर्थशास्त्रीहरु बताउँछन् । फेडले ब्याजदर बढाउँदा भारतसहित विश्वभरी रहेको अमेरिकी लगानी (पोर्टफोलियो) अमेरिका फिर्ता हुँदा डलर झनै बलियो बन्दै गएको जानकारहरु बताउँछन् ।

(Visited 93 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services