काठमाडौं । रुसको वित्तिय निगरानी गर्ने संस्था रोजफिन मोनिटरिङले अमेरिकी प्रविधि कम्पनी मेटालाई आतंकवादी र चरमपन्थीको सूचीमा राखेको छ । मेटा इन्टरनेट मिडिया प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सञ्चालन गर्ने कम्पनी हो।रुसले मार्चमा फेसबुक र इन्स्टाग्राम प्रतिबन्ध लगाएको थियो । मस्कोको एक अदालतले रुसी निर्णयलाई पुनर्विचार गर्न गरिएको मेटाको अपील अस्वीकार गरेको छ ।
अदालतको निर्णयसँगै मेटाले रुसमा तालिवान र रुसकै विपक्षी समूहहरूजस्तै आतंकवादीजस्तै आतंकवादी र अतिवादीको सूचिमै रहनेछ भने प्रयोगकर्ताले सहजै यसबाट सञ्चालित सामाजिक सञ्जालको प्रयोग गर्न पाउनेछैनन् ।इन्टरफ्याक्स समाचार संस्थालाई हवाला दिँदै अलजजिराले मेटाका वकिलले आफ्नो प्लेटफर्ममा कुनै चरमपन्थी गतिविधि नचलाइएको स्पष्टीकरण दिएको उल्लेख गरेको छ । मार्चदेखि नै रुसमा फेसबुक चल्न छाडे पनि कतिपय प्रयोगकर्ताले भीपीएनमार्फत चलाइरहेका छन् ।
रुस(युक्रेनबीच बढ्दो तनावलाई मध्यनजर गर्दै रुसले अमेरिकाको चर्चित प्रविधि कम्पनी मेटाविरुद्ध प्रतिबन्ध लगाएको हो ।यसबारे मेटाले कुनै प्रतिक्रिया दिइसकेको छैन । रोसफिन मोनिटरिङले जारी गरेको सूचीमा अतिवादी र आतंकवादी गतिविधिमा संलग्न रहेको नाम र संगठनको विवरण खुलाइएको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services