अस्ट्रेलियाको सरकारी मिडिया भन्छ, क्यानवेरामा ‘मिनि काठमाडौँ’
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः4 years ago

सिड्नी । अस्ट्रेलियाको सरकारी समाचार पोर्टलले राजधानी क्यानवेरामा नेपाली समुदायको जनसँख्या उच्च तवरले बढेको चर्चा गर्दै क्यानेवरामा ‘मिनी काठमाडौँ’ बन्दै गएको उल्लेख गरेको छ । सन् २०२१ मा सम्पन्न जनगणना अनुसार, ५ हजार ६ सय नेपाली क्यानेवरामा रहेको देखाएको छ । यो सँख्या दशबर्ष अघि जम्मा ७० थियो । समाचार र्पोटल एविसी डट नेट डट एयुले क्यानवेरामा जनसँख्यासँगै नेपाली सँगीत, कला, परम्परा, रहनसहन र नेपाली परिकारका कारण क्यानवेरामा मिनि काठमाडौ बन्दै गएको उल्लेख गरेको हो ।

नेपाली रक व्याण्ड १९७४ एडीले हालै क्यानवेरामा गरेको कन्सर्टमा टिकट सोल्ड आउट भएको प्रसँग उल्लेख गर्दै समाचारमा संघीय सरकारले माइग्रेन्ट विद्यार्थीलाई रिजनल जान प्रोत्साहन गरेका कारण पनि क्यानवेरा धेरैको रोजाईमा पर्दै गएको जनाएको छ । अधिकाँश नेपाली विद्यार्थीहरु बृद्धवृद्धा स्याहारसुसार केन्द्र, पर्यटन, होटल तथा रेष्टुरेन्टहरुमा काम गरिरहेको उल्लेख गर्दै समाचारमा परिकारमा म:म संस्कृतिको बारेमा चर्चा गरिएको छ । अस्ट्रेलियाको सरकारी तथ्यांकमा क्यानवेरामा ५६ सय देखाईएपनि १० हजारको हाराहारीमा नेपालीहरु रहेको, क्यानेवरास्थित नेपाली दुतावासले जनाएको छ ।

(Visited 53 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services