
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारका प्रकाश पुन उमेरले बल्ल २१ बर्षमा लागे, अध्ययनमा कक्षा १२ पास गरेका पुनलाई घरपरिवार र आफन्तहरुले विदेश जानका लागि सुझावहरु दिन थाले तर प्रकाशलाई विदेश जान भने पटक्कै मनले मानेन् ।कक्षा १२ सम्म गाउँको विद्यालयबाटै पास गरेका पुनको पढाई राम्रो भएपनि आर्थिक रुपमा बजार आएर अध्ययनलाई थप अघि बढाउन सक्ने अवस्था थिएन । घरपरिवारले विदेश जानका लागि भनेर पासर्पोट पनि काटिदिए । पुनलाई अर्काको देशमा पुगेर नोकर बन्नुभन्दा आफ्नो देशमा किसान बन्नमा गर्व महशुस गरे ।
उहाँले विदेश जानका लागि जम्मा गरेको रकमबाट आफ्ना पुर्खाले गर्दै आएको पेशालाई आत्मसाथ गर्दै भेडा पालन गर्ने योजना बताए । ‘सानै उमेर देखी विदेश जान मन थिएन, उहाँले भन्नुभयो, भेडा पालनमा राम्रो आम्दानीको संभावना भएपनि यसमा दुःख निकै छ ।’ अर्काको देशमा गएपनि बसेर पैसा आउने होईन दुःख उहाँ पनि गर्नु नै पर्छ । पाउद्धार अन्तरगत खोप्रा खयर क्षेत्रमा पर्ने नौलीवन क्षेत्रमा साथीहरु संग मिलेर भेडा पालन गर्दै आएका पुनले राम्रो आम्दानी हुने बताए । पुनका अनुुसार अहिले उनीसंग एक सय भन्दा बढी भेडाहरु रहेका छन् । ‘सुरुमा ६० वटा भेडा किनेर साथीको गोठमा मिसिएको हुँ, उनले भने, भेडा बढ्दै जान्छन्, केही समय यस क्षेत्रमा नै जम्न सके भने बार्षिका १५–२० लाख कमाउन सक्छु ।’
पुन संगै भेडी गोठमा पाउद्धारका कमल पाइजा, अर्का साथीको गरेर करिब तिन सय भेडा छन् । अहिले खयर क्षेत्रमा ५ वटा भेडी गोठहरु छन् । भेडाका लागि चरण क्षेत्र बढी चाहिने भएकाले नजिक÷नजिक भेडी गोठहरु कम हुन्छन् । लेकमा बस्नुपर्ने भएकाले पनि कतिपयले यो पेशा छोड्दै गएको पाउद्धारका राजु पुनले बताए ।
त्यस्तै म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङ घर भएका (हिम बहादुर) देवान छन्त्यालले दुई दशक लामो बैदेशिक रोजगारिबाट आर्जन गरेको स्रोतलाई जन्मथलोमै उपयोग गर्ने उदेश्यले व्यवसायिक भेडापालन सुरु गरेका छन् ।३९ बर्षका छन्त्यालले ‘गाउँकै स्रोत र साधनलाई उपयोग गरि आयआर्जन गर्ने मेरो लक्ष्य हो, अहिले करिब मेरो गोठमा एक हजार भेडा छन्, केही बर्ष देखि आफ्नो सबै छोडेर यही पेशामा लागको छु ।’ उनले भने ।
लेकालि क्षेत्रमा भेडिगोठ रहने भएकाले आफ्नो भेडिगोठमा रेदखेखको लागि अहिले ४ जनालाई पत्येक्ष रोजगारिको अवसर सिर्जना गरेको छन्त्यालले बताए । गाउँदेखि टाढा वन जंगल र हिमाली भेगमा भेडिगोठ राख्ने गरिन्छ । मलेसियामा आकर्षक तलबको जागिर छाडेर आउनुभएका छन्त्यालले पछिल्लो समय वैदेशिक रोजगारिबाट भित्रिएको पुँजी उत्पादनमुलक क्षेत्रमा लगानी नभईकन घरजग्गा र अनुत्पादक क्षेत्रमा मात्रै लगानी भैरहेको सन्दर्भमा अरुलाई समेत सकरात्मक सन्देश प्रवाह होस भनेर भेडिगोठलाई अंगाल्ने निधो गरेको बताए ।
‘कमाई त विदेशमा पनि राम्रो थियो, तर जिवन नै उतै विताउन मन मानेन, स्वदेश फर्किपछि पनि शहर बजारमा कमाई गर्ने शिप थियो, तर जन्मथलोको सम्भावनालाई नै मैले उजागर गर्नुपर्छ भन्ने अठोट गरेँ, मलाई थाहा छ, गोठमा बस्नु र गोठालो बनेर जिवन बिताउनु गाह्रो छ तर, आफु जन्मेको ठाउँमा जस्तोसुकै संघर्ष र परिश्रम गर्न किन नपरोस म खुसी छु ’– उनले भने, पुन र छन्त्याल मात्र मात्र हुँ, पछिल्लो समय म्याग्दीमा भेडा पालन गर्ने किसानको संख्या बढ्दै गएको छ ।भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार पछिल्लो समय भेडा पालन गर्ने किसानका लागि अनुदानको व्यवस्था गरेको जनाएको छ । तर किसानहरुले भने सामुदायिक वन क्षेत्र चरनका लागि प्रयोग गर्न नपाउदा हिउदको समयमा निकै समस्या हुने गरेको बताउछन् ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services