अष्ट्रेलियाले पिआरको बार्षिक कोटा १ लाख ९५ हजार पुर्‍यायो
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियन सरकारले स्थायी बसोवाश भिषा (पिआर) को बार्षिक कोटा एकलाख ९५ हजार पुर्‍याएको छ । राजधानी क्यानवेरामा भएको रोजगार सम्मेलनमा अहिले जारी दक्ष कामदारको अभावलाई दीर्घकालीन समाधान दिन पिआरको बार्षिक कोटालाई एक लाख ६० हजारबाट बढाएर एकलाख ९५ हजार पुर्‍याईएको हो । यस निर्णयसँगै स्वास्थ्य, पर्यटन र कृषि क्षेत्रमा भइरहेको कामदारको अभावलाई सम्बोधन गर्नसक्ने सरोकारवालाहरुले बताएका छन् ।

वर्तमान एन्थोनी एल्बनिजी नेतृत्वको सरकारलाई दक्ष कामदारको अभाव पूर्तिका लागि पूर्ववर्ति सरकारले गरेका अध्यागमन र माइग्रेशन सम्बन्धि निमयलाई खुकुलो बनाउनुपर्ने दबाब चर्को दबाब थियो । अस्ट्रेलियालाई थप मजबुत र समावेशीयुक्त विकसित राष्ट्र बनाउन पिआरको बार्षिक कोटा ३५ हजार थप गर्दै एकलाख ९५ हजार पुर्‍याएको सरकारका गृह मामिला मन्त्री क्लेयर ओनिलले जानकारी दिएकी छन् । उनका अनुसार, सरकारको उक्त निर्णयले थप हजारौ कामदार, नर्स र इन्जिनियरहरु अष्ट्रेलिया आउने र अर्थतन्त्रमा सहयोग पुर्‍याउनेछ ।

(Visited 60 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services