कारभित्र हस्तमैथुन गर्दागर्दै तास्मनियामा नेपाली युवा पक्राउ
प्रकाशित मितिः2 years ago

सिड्नी । अष्ट्रेलियाको तास्मनिया राज्यको राजधानी होर्वाटमा एक नेपाली युवा पार्कनजिकै कारभित्र हस्तमैथुन गर्दागर्दै रँगेहात पक्राउ परेका छन् । खाद्यान्न डेलिभरी चालकको रूपमा कार्यरत थिए २६ वर्षीय ती नेपाली युवक २०२१ मा बिहान आफ्नो काम सकेर पार्कनजिकै कारभित्र हस्तमैथुन गरिरहेको अवस्थामा स्थानीय काउन्सिलका कर्मचारीले रँगेहात फेला परेका हुन् । स्थानीय सरकारी सञ्चारमाध्यम एविसी न्यूजका अनुसार, सन् २०१५ मा अष्ट्रेलिया आएका उक्त युवक ‘यौन अपराधी’ घोषित भएर घर फर्काइने स्थितिमा पुगेका छन् ।

होबार्ट मजिस्ट्रेटको अदालतका अनुसार घटना घटेको दिनमा ती नेपाली बिहानको डिलिवरी सकाएर र रोजनी पार्कतिर गएका थिए । त्यहाँ पुगेपछि वरपर कोही नभएको लागेर उनी कारभित्र हस्तमैथुन गर्न लागे । काउन्सिलका श्रमिक उनलाई त्यहाँ कार रोक्न पाइँदैन भन्न कार नजिक पुग्दा भित्रको हर्कत देखे । काउन्सिल श्रमिकले उनलाई त्यस दिन त्यहाँबाट जान भने पनि पछि उनलाई निषेधित व्यवहारमा संलग्न भएको मुद्दा पर्यो । मुद्दामा उनी दोषी पाइएका छन् ।
अदालती प्रक्रिया अन्तर्गत कम्युनिटी करेक्सन तास्मानीय(सीसीटी)लाई ती आप्रवासीले पुन: अपराध गर्ने जोखिम रहे, नरहेको मुल्यांकन गर्ने जिम्मेवारी दिइएको थियो । सामान्यतया अदालतले सीसीटीको मूल्यांकनका आधारमा व्यक्तिलाई यौन अपराधीको सुचिमा राख्न सक्छ । सीसीटीले उसको अनुसन्धानबाट ती नेपाली आप्रवासीले पुन: अपराध गर्ने मध्यम जोखिम भएको रिपोर्ट बुझायो । यस रिपोर्टले एक त नेपाली व्यक्तिलाई कानुनी दस्तावेजमा यौन अपराधीका रुपमा सूचीकृत गर्छ भने अर्को उनी अष्ट्रेलीयाबाट निकालिन सक्छन् ।

सीसीटीको निष्कर्षलाई ती व्यक्तिका वकिल दिनेश लोगनाथनले चुनौती दिएका छन् । यसका लागि उनले दुई क्लिनिकल साईकोलोजिस्टहरु डा. ग्रान्ट ब्लेक र डा. एम्मा कोलिन्सको रिपोर्ट अदालतमा प्रस्तुत गरेका छन् । दुवै मनोवैज्ञानिकले पक्राउ परेका नेपालीले पुन अपराध गर्न सक्ने भन्ने सीसीटीको मूल्याङ्कनलाई खण्डन गरेका छन् । लोगनाथनले सोमबार न्यायाधीश एन्ड्र्यू म्याकीसँग चिकित्सकीय मनोवैज्ञानिकको रिपोर्ट दिए पनि सीसीटीले आफ्नो अडान परिवर्तन नगरेको दलिल पेस गरे ।मनोवैज्ञानिकहरूले सीसीटीले पक्राउ परेका नेपालीले पुन: अपराध गर्ने सम्भावना रहेको देखाउन ‘यौन अपराधी जोखिम मूल्याङ्कन’ विधी गलत तरिकाले लागू गरेको आरोप लगाएका छन् । साथै यो विधि अन्य मुद्दामा पनि दुरुपयोग हुन सक्ने उनले बताए । पक्राउ परेका नेपाली आप्रवासीका वकिल लोगनाथनले डा. ब्लेकले कारभित्र हस्तमैथुन गरेको अवस्थामा फेला परेका व्यक्तिमाथि ‘यौन अपराधी जोखिम मूल्याङ्कन’ विधि प्रयोग गर्नुनै गलत भएको बताएको दलिल पेस गरे । (एबीसी न्युजको लागि लुसी म्याकडोनाल्डको रिपोर्ट)

 

(Visited 139 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services