अस्ट्रेलियामा एन्थोनी फेरि प्रधानमन्त्री
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः10 months ago

सिड्नी । अस्ट्रेलियामा लेबर पार्टीको नेतृत्वमा नयाँ सरकार हुने भएपछि आप्रवासी, जनजीविका र कर सम्बन्धि महत्वपूर्ण परिर्वतन हुदैछ । गत शनिबार सम्पन्न संघीय निर्वाचनमा विपक्षी लिबिरल पार्टीको गठबन्धनलाई पराजित गर्दै लेबर पार्टीले विजय हासिल गरेको छ र, अब उक्त पार्टीका नेता एन्थोनी अल्बनीजि दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दैछन् ।

नयाँ सरकारले बार्षिक दुईलाख ७० हजार मात्र विदेशी विद्यार्थीलाई अस्ट्रेलिया प्रवेश दिने यसअघिको निर्णयलाई निरन्तरता दिनेछ । त्यस्तै, विदेशी विद्यार्थीले भिसा आवेदन दिँदा लाग्ने शुल्क १६ सय डलरबाट दुई हजार डलर पु¥याईनेछ, जसबाट अस्ट्रेलियालाई आगामी चार बर्षमा ७ सय ६० मिलियन डलर आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

एज्ड केयर क्षेत्रमा काम गर्ने कामदारको तलब तत्काल बृद्धि हुनेछ भने कर नीतिमा हेरफेर गर्दा, थ्री स्टेज ट्याक्स कट नीति अन्र्तगत थप एक हजार डलर कामको खर्च भनेर दाबी गर्न पाईनेछ । विजुलीको बिलमा एक बर्षमा एक सय ५० डलरसम्म राहत पाइनेछ भने पहिलो पटक घर किन्नेहरुका लागि पाँच प्रतिशत डिपोजिट गरे, पुग्ने नीति कार्यान्वयन हुनेछ । प्रधानमन्त्री एन्थोनी अल्बनीजिले यी घोषणाहरुलाई क्रमश कार्यान्वयन गरिने प्रतिबद्धता समेत जनाएका छन् ।

(Visited 21 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services