अस्ट्रेलियामा आज संसदीय निर्वाचन, ४० प्रतिशत अग्रिम मतदान
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः4 days ago

सिड्नी । उल्लेख्य रुपमा नेपालीहरुको सँख्या बढ्दै गएको अस्ट्रेलियामा आज (शनिबार) संसदीय निर्वाचन हुँदै छ । निर्वाचनले आगामी तीन बर्षका लागि नयाँ जनप्रतिनिधी चुन्नेछन् । आज मुख्य दिन भएपनि दुईसाता देखि नै अस्ट्रेलियाभर मतदाताहरुले अग्रिम रुपमा मतदान गरिरहेका थिए । निर्वाचन आयोगले ४० प्रतिशत मत, निर्वाचनको मुख्य दिन भन्दा अघि नै खसेको जनाएको छ ।

यस निर्वाचनमा सत्तारुढ दल लेबर र प्रतिपक्षी दल लिबरल कोअलिसनको मुख्य प्रतिस्पर्धा हुनेछ । पछिल्लो सर्वेक्षणहरुले वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बनीजिको दल लेबर पार्टी अघि रहेको देखाएको छ, यद्यपी अन्तिम समयमा मत परिवर्तन हुने अस्ट्रेलियाको विगतको निर्वाचनहरुले देखाएको छ ।

निर्वाचन मार्फत तल्लो र माथिल्लो संसद गरी जम्मा २ सय २६ सिटका लागि मतदान हुँदै छ । तल्लो सदनमा जम्मा १ सय ५१ जना निर्वाचित हुने प्रावधान छ भने सिनेटमा ७६ जना चुनिनेछन् । यस वर्ष अस्ट्रेलियाको निर्वाचनमा स्वास्थ्य, बढिरहेको महँगी नियन्त्रण, आवास, अध्यागमन, चाइल्ड केयर, मानसिक स्वास्थ्य लगायतका विषय मुख्य एजेन्डाका रुपमा दलले अघि सारेका छन् ।

आज दिनभर चल्ने मतदानपछि संभवत आज रातीसम्म को प्रधानमन्त्री बन्ने भन्ने निक्र्योल हुनेछ । वर्तमान प्रधानमन्त्री एन्थोनी र प्रमुख प्रतिपक्षी दलका नेता पिटर डटनमध्ये एकजना अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री बन्नेछन् ।अस्ट्रेलियामा १८ बर्ष पुगेपछि मतदान अनिवार्य छ । सन् १९२५ बाट मतदानलाई अनिवार्य बनाईएको थियो ।

(Visited 30 times, 1 visits today)

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services