सिड्नी । धमाधम अवैध किसिमका आवेदनहरु पर्न थालेपछि अस्ट्रेलियाले भारतका विभिन्न ६ राज्यबाट विद्यार्थी भिसाको आवेदनमा व्यापक कडाई गर्न थालेको छ । ति राज्यहरुबाट अस्ट्रेलियाको विद्यार्थी भिसा प्रणालीलाई दुरुपयोग गर्दै अध्ययन गर्ने भन्दा पनि काम गर्ने र यतै सेटल हुने गरेको प्रमाणहरु भेटिएपछि, व्यापक कडाई गर्न थालिएको हो ।
टाइम्स अफ इन्डियाका अनुसार, उत्तर प्रदेश, हरियाणा, पञ्जाब, गुजरात, उत्तराखण्ड र जम्मु कश्मिर राज्यबाट विद्यार्थी भिसाको आवेदन लिन बन्द गरिएको छ । वेस्टर्न सिड्नी युर्निभसिटी, भिक्टोरिया युर्निभसिटी लगायत केहि अन्य विश्वविद्यालयहरु पनि ति राज्यहरुबाट परेका आवेदनलाई अस्वीकृत गर्नुका साथै तत्कालका लागि आवेदन बन्द गरेको जनाएका छन् । अस्ट्रेलिया अध्ययन गर्न आउने विदेशी विद्यार्थीको सँख्यामा भारतीय विद्यार्थीहरु दोश्रो नम्बरमा रहेका छन् ।
सरकारले अब बार्षिक २ लाख ७० हजार मात्र विदेशी विद्यार्थीलाई भिसा जारी नीति लिएको छ । मे ३ मा हुने संघीय निर्वाचनमा विपक्षी दलले जितेमा यो सँख्या अझ घटेर २ लाख ४० हजारमा सीमित हुनेछ । अस्ट्रेलियामा भारतीय विद्यार्थीहरु धेरै भएपनि, भिसा आवेदन अस्वीकृत हुने सँख्या पनि उत्तिकै रहेको छ । सोही कारण भारत अहिले असेसमेन्ट लेभर थ्रीमा रहेको छ ।
© 2023. All rights reserved. Designed By: HK Web Services