धर्मगुरु पोप फ्रान्सिसको निधन
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः11 months ago

सिड्नी । धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। क्याथोलिक चर्चका प्रमुख समेत रहेका फ्रान्सिसको सोमबार निधन भएको बिबिसीले जनाएको छ। उनको भ्याटिकनस्थित कासा सान्ता मार्टास्थित निवासमा निधन भएको हो। ‘प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, गहिरो दुःखका साथ मलाई हाम्रा पवित्र बुवा फ्रान्सिसको निधनको भएको घोषणा गर्दछु,’ कार्डिनल केभिन फ्यारेलले एक टिभीमा भने, ‘बिहान ७ः३५ बजे रोमका बिशप, फ्रान्सिस बुवाको घर फर्कनुभयो।’

उनले आइतबार मात्रै इस्टरको शुभकामना दिएका थिए। सेन्ट पिटर्स बासिलिकाको बालकोनीबाट ह्विलचियरमा बसेका उनले शुभकामना दिएका थिए।लामो समयदेखि उनमा निमोनियाको समस्या देखिएको थियो। लामो समयसम्म रोम अस्पतालमा रहेका उनी दुई हप्ता अघि मात्रै डिस्चार्ज भएका थिए।निवासमै स्वास्थ्यकर्मीहरू बसेर उनको उपचार भइरहेको थियो।

(Visited 19 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services