हुन्डी मार्फत ठगीधन्दा चलाउँदा पिआर रद्द
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 weeks ago

सिड्नी । हुन्डी मार्फत नेपाल पैशा पठाईदिने भन्दै २० जनालाई २ लाख २० हजार डलर ठगी गरेपछि एक नेपालीको पिआर अर्थात स्थायी वशोवाश अनुमति रद्द गरिएको छ । अब उनलाई नेपाल डिर्पोट गरिने तयारी भएको छ । विभिन्न समयमा यसरी ठगी गरेका उनलाई सन् २०२२ को मार्चमा भिक्टोरियाको अदालतले दोषी ठहर गर्दै ४६ महिना जेल सजायँ तोकेको थियो । त्यसपछि अप्रिल सन् २०२२मा उनको पिआर भिसा सबक्लास १८९ रद्द गरिएको थियो ।

अदालतको उक्त फैसला विरुद्ध ति नेपालीले सन् २०२२ को मे महिनामा पुनरावेदन गरेका थिए । तर, उनको पुनरावेदनलाई साढे दुई बर्षपछि अर्थात १४ जनवरी सन् २०२५मा अस्वीकार गरिएको थियो । अदालती प्रक्रियाबाट उनको पुनरावेदन अस्वीकृत भएसँगै उनले, जनवरी अन्तिम साता एडमिस्ट्रेटिभ रिभ्यू ट्रिव्यूनल अर्थात (एआटी)मा आवेदन दिएका थिए । कुनै पनि सरकारी कार्यालय, अदालत, मन्त्रालय र एजेन्सीहरुको निर्णय विरुद्ध एआरटीमा आवेदन दिन पाइनेछ ।

तर, एआरटीलेसाढे दुई महिनाको अध्ययनपछि सरकारी संयन्त्रहरुले गरेको सम्पूर्ण निर्णय ठिक रहेको भन्दै भिसा रद्द गर्ने निर्णयलाई सदर गरेको छ । सोही निर्णयसँगै उनलाई हिरासतमा राखिएको छ भने छिट्टै नेपाल पठाईनेछ । उनी सन् २००८ मा श्रीमतिसँगै अस्ट्रेलिया आएका थिए । एआरटीले आफ्नो फैसलाको सरांशमा भनेको छ, ‘ समुदायको सुरक्षा र अपेक्षालाई प्राथमिकता दिँदै यो निर्णय गरियो।उनको छोरी र श्रीमतीमाथि पर्ने प्रभावलाई पनि हेरियो, तर अपराधको गम्भीरताले जित्यो। नेपाल फर्कदा हिंसाको डर उनले व्यक्त गरे, तर प्रमाण नपुगेको ठहर भयो।’

(Visited 125 times, 1 visits today)

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services