सिड्नी । अस्ट्रेलियाको संघीय निर्वाचनमा यदि प्रमुख प्रतिपक्षी दल, लिबिरल पार्टीले निर्वाचन जितेमा अस्ट्रेलिया अध्ययन गर्न चाहाने अन्तराष्ट्रिय विद्यार्थीलाई भिसा पाउन कठिन हुने भएको छ । उक्त पार्टीका प्रमुख एवम् प्रमुख प्रतिपक्षी दलका नेता पिटर डटनले निर्वाचनको पूर्वसन्ध्यामा अन्तराष्ट्रिय विद्यार्थीको सँख्यामा भारी मात्रामा कटौती गर्ने घोषणा सहित आफ्नो आप्रवासी नीति सार्वजनिक गरेका छन् ।
अस्ट्रेलियामा मे ३ मा संसदीय निर्वाचन हुदैछ, जहाँ सत्ताधारी दल लेबर पार्टी र प्रमुख प्रतिपक्षी दल लिबिरल पार्टीबीच चर्को प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । सत्ताधारी दल एवम् प्रधानमन्त्री एन्थोनी अल्बनीजिले बार्षिक २ लाख ७० अन्तराष्ट्रिय विद्यार्थी भिसा जारी गर्ने नीति ल्याएका छन्, तर, प्रमुख प्रतिपक्षी दलका नेता पिटरले भने सत्ताधारी दलले घोषणा गरेको भन्दा ३० हजार कम, अर्थात २ लाख ४० हजार मात्र विद्यार्थी भिसा जारी गर्ने बताएका छन् ।
त्यसका साथै उनले विद्यार्थी भिसाको आवेदन शुल्कलाई तीन गुणाले बृद्धि गर्दै हाल १६ सय डलरबाट एकैपटक ५ हजार डलर पु¥याउने घोषणा गरेका छन्, जसलाई एकदमै कठोर प्रतिबद्धताका रुपमा हेरिएको छ । प्रतिपक्षी दल नेता पिटरले अन्तराष्ट्रिय विद्यार्थीहरुकै कारण अस्ट्रेलियामा घर र कोठाको हाहाकार मच्चिएको भन्दै विद्यार्थीको सँख्या कटौती गर्नुका साथै नयाँ घर निर्माण अभियानलाई तीब्रता दिइने बताएका छन् ।
© 2023. All rights reserved. Designed By: HK Web Services