सिड्नी । अध्ययन, रोजगार र घुमफिरमा आउन चाहानेहरुका लागि अस्ट्रेलियाले भिसा प्रोसेसिङ समयावधि घटाएको जनाएको छ । भिसा अप्लाई गरेको लामो समयसम्म पनि त्यसको निर्णय नहुँदा आवेदनकर्ताहरु अन्योल पर्ने गरेको गुनासोका बीच गृहमामिला सम्बन्धी मन्त्रालयले विभिन्न भिसाहरुको प्रोसेसिङ समयावधि तोकेको छ ।
जसअनुसार, विद्यार्थी भिसालाई उच्च प्राथामिकता दिईएको छ । अहिले पनि विद्यार्थी भिसा सम्बन्धी आवेदनको चाङ निकै धेरै रहेको छ, खाशगरि पछिल्ला बर्षहरुमा सरकारले ल्याएको आप्रवासी नीतिका कारण विद्यार्थी भिसाको आवेदनको चाङ बढ्दै गएको थियो । यस्तो अवस्थामा अब अप्लाई गरेको ३० दिनभित्र आवेदनको छिनोफानो गर्ने मन्त्रालयले जनाएको छ । त्यस्तै, स्किल्ड टेम्पोररी भिसा ६१ दिन, स्किल्ड प्रमानेन्ट भिसाको ११ महिना, पाटनर भिसाको समय १३ महिना तथा भिजिटर भिसा र वर्किङ होलिडे मेकर भिसाको छिनाफानो एक दिनभित्रै गरिने जनाईएको छ ।
विद्यार्थी भिसासँगै अन्य महत्वपूर्ण भिसाको प्रासेसिङ समय घटाएसँगै आवेदनकर्ताहरुलाई थप योजना बनाउन सहज हुनेछ । संघीय सरकारले समयावधि घटाउनका लागि आवश्यक बजेट र जनशक्ति व्यवस्थापन गरिसकेको जनाईएको छ ।
© 2023. All rights reserved. Designed By: HK Web Services