राजदुत पोखरेलले भेटे अष्ट्रेलियाका विदेशमन्त्री ओङलाई
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले अष्ट्रेलियाका विदेशमन्त्री पेनी ओङसँग भेट गरेका छन् । गत सोमबार मात्र अष्ट्रेलिया सरकारका गर्भनर जनरल डेभिड हर्लीलाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका राजदुत पोखरेल र विदेशमन्त्री ओङबीचको भेटमा के–कस्ता विषयमा छलफल भए भन्ने कुरा दुबै पक्षबाट सार्वजनिक भएको छैन् ।

क्यानवेरास्थित नेपाली दुतावासले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत भेटको तस्विर सार्वजनिक गरेपनि सम्पूर्ण विवरण खुलाएको छैन् । विदेशमन्त्री ओङ वर्तमान एन्थोनी एल्बनिजी सरकारका सबैभन्दा शक्तिशाली मन्त्री मानिन्छ । नयाँ सरकार गठन भएदेखि छिमेकी राष्ट्र र एसिया प्यासिफिक क्षेत्रको सम्बन्ध सुधारलाई उच्च प्राथामिकता राखेको अष्ट्रेलिया सरकारका प्रभाबशाली मन्त्री र राजदुतबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राजदुत पोखरेलले जुलाई २० तारिखमा अष्टेलियाको राजधानी क्यानवेरास्थित नेपाली दुतावासमा औपचारिक कार्यभार सम्हालेका थिए ।

 

(Visited 105 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services