नक्कली कागजात देखाएर पिआरको आवेदन
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । अस्ट्रेलियन फोडर फोर्सले तास्मनियाको होर्बाट र डेभनपोर्टबाट नक्कली कागजात पेश गरेर स्थायी वशोवाश (पिआर)का लागि आवेदन दिएको खुलासा गरेको छ । डिर्पाटमेन्ट अफ होम अफियर्स अर्थात गृहमन्त्रालय मातहत खटिएको बोर्डर फोर्सको विशेष अनुसन्धान टोलीले अस्तित्वमै नभएका पाँच वटा नक्कली व्यवसाय खडा गरि इम्पोलोयर नोमिनेशन स्किम अन्र्तगत पिआरका लागि आवेदन दिएको पत्ता लगाएको हो ।

त्यस क्रममा आवेदनकर्ताहरुले नक्कली लिज (भाडा) सम्झौता गर्नुका साथै सञ्चालनमा रहेका दुईवटा अन्य व्यवसायको कागजपत्रहरु अवैध रुपमा दुरुपयोग गरेको बताईएको छ । बोर्डर फोर्सका अधिकारीहरुले छड्के अपरेसन, विभिन्न व्यवसायहरुको भेरिफिकेशन र कर्मचारीहरुसँग अन्र्तवार्ता गरि प्रमाण संकलन गरेको जनाएको छ । यो घटनाहरुलाई अधिकारीहरुले भिसा र आप्रवासी प्रणाली दुरुपयोगको महत्वपूर्ण घटनाका रुपमा व्याख्या गरेका छन् ।

यो अपरेशनको नेतृत्व गरेका बोर्डर फोर्सका कमाण्डर वेन बिडिङटनले अस्ट्रेलियाको आप्रवासी प्रणालीलाई जोगाउन यस्ता अपरेशनले सघाउ पुग्ने बताएका छन् । ‘यदि कसैले नक्कली र झुटो काम गरेर अस्ट्रेलियाको भिसा प्रणालीलाई चुनौती दिन्छ भने उनीहरु समातिनेछन्’, उनले भनेका छन् ।

(Visited 168 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services