अस्ट्रेलियामा समुन्द्रमा डुबेर एकबर्षमा ९७ जनाले ज्यान गुमाए
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । समुन्द्र र स्विमिङ पुलमा डुबेर ज्यान गुमाउनेको सँख्या अस्वभाविक ढँगले बढेपछि न्यू साउथ बेल्स राज्यले सिड्नीको विभिन्न स्थानमा निशुल्क स्विमिङ शिविर सञ्चालन गर्ने भएको छ ।

रोयल लाइफ सेभिङ अस्ट्रेलियाको तथ्यांक अनुसार, सन् २०२४–२५ को समर सिजनमा अस्ट्रेलियाभर ९७ जनाको पानीमा डुबेर ज्यान गएको थियो, त्यसमध्ये सबैभन्दा धेरै न्यू साउथ बेल्समा ३४ जनाको ज्यान गएपछि राज्य सरकारले स्थानीय सबबहरुलाई तोकेरै शिविर सञ्चालन गर्न लागेको हो । शिविरका क्रममा, पौडी खेल्न सिकाउने १० वटा कक्षा सञ्चालन हुनेछ ।

सिड्नीको ब्ल्याकटाउन, पारामाटा, सदरल्याण्ड, अर्बन, व्याङस्टाउन, क्याम्पेलटाउन, फेयरफिल्ड, कम्बरल्याण्ड, रोजल्याण्ड, बिरोङ, पेनरिथ, भिल्लाउड क्षेत्रका सर्वसाधारणलाई निशुल्क कक्षा दिइनेछ भने रिजनल क्षेत्रमा सेन्ट्रल कोस्ट, गोस्फोड, हन्टर रिजन लगायतका २४ स्थानमा कक्षा सञ्चालन हुने राज्य सरकारले जनाएको छ । मल्टीकल्चरल समुदाय, फस्ट नेशन पिपुल तथा कमजोर आर्थिक र सामाजिक अवस्था भएका समुदायलाई प्राथामिकता दिईने बताईएको छ । लर्न टु स्विम प्रोग्राममा रजिस्र्टड गरेर आफुलाई पायक पर्ने स्थानमा कक्षा लिन सकिने राज्य सरकारले वेभसाइट मार्फत जानकारी दिएको छ ।

(Visited 51 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services