रोजगारीका लागि न्यूजिल्याण्ड आकर्षक गन्तव्य
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । सरकारले नेपाली श्रमिकहरूका लागि आकर्षक गन्तव्य मुलुकको खोजी गरिरहेको जनाएको छ।वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरूदत्त सुवेदी सरकारले सुरक्षित र कमाइका हिसाबले पनि आकर्षक गन्तव्य मुलुकमा श्रमिक पठाउन जोड गरिरहेको बताउँछन्।

मलेसिया तथा खाडी मुलुकहरूको विकल्पमा युरोप तथा अन्य विकसित मुलुकहरू हुनसक्ने कुरा अधिकारीहरू बताउँदै आएका छन्।काम र कमाइका हिसाबले न्युजिल्यान्ड पनि नेपालीहरूका लागि आकर्षक गन्तव्य मुलुक बन्ने देखिएको छ।

वैदेशिक रोजगार विभागका अनुसार वार्षिक पाँच सय हाराहारीमा युवाहरूले न्युजिल्यान्डका लागि श्रम स्वीकृति लिइरहेका छन्।आर्थिक वर्ष २०८०(८१ मा ४९८ जनाले न्युजिल्यान्डका लागि श्रम स्वीकृति लिएका छन्। २०७९-८० मा ५९६ जनाले श्रम स्वीकृति लिएका थिए।

न्युजिल्यान्डमा खासगरी कामदार अभाव रहेको क्षेत्रअनुसारको सीप सिकेर जाँदा राम्रो अवसर पाइने लामो समयदेखि आप्रवासीका लागि काम गरिरहेका शान काफ्ले बताउँछन्।उनका अनुसार त्यहाँ नर्सिङ, केयरगिभर लगायत सेवा क्षेत्रमा राम्रो अवसर छ।

ुनिर्माण क्षेत्रमा पनि कामदारको माग धेरै छ। कृषि, ट्रक चालक लगायत पेशामा समेत राम्रो माग छ,ु उनले भने। कमाइ पनि आकर्षक रहेको उनले बताए। खान बस्न भने न्युजिल्यान्ड खर्चिलो रहेको उनको भनाइ छ। (साभारः सेतोपाटी)

(Visited 33 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services