सिड्नी । पछिल्लो एक महिनामा अस्ट्रेलियामा ४४ हजार रोजगारी सिर्जना भएको छ । सोही अवधिमा २३ हजारले रोजगारी गुमाउँदा समग्रमा बेरोजगारी दर भने बढेको छ । अस्ट्रेलियाको तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनवरी महिनाको तथ्यांकमा बेरोजगारी दर ४.१ प्रतिशत पुगेको उल्लेख गरेको छ । यो तथ्यांक अघिल्लो महिना भन्दा ०.१ प्रतिशतले धेरै भएको अधिकारीहरुले जनाएका छन् ।
नयाँ बर्षसँगै अधिकाँश अल्पकालीन कामदारले काम छाडेका कारण बेरोजगारी दर बढेको बताईएको छ । फेअबरी महिनासँगै त्यस्ता कामदारहरु फेरि काममा फर्किन भएकाले तथ्यांकमा सुधार आउने अर्थविद्हरुले जनाएका छन् । केन्द्रिय बैंकले यहि साता व्याजदर घटाएसँगै त्यसले अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने र रोजगारीका अवसर सिर्जना हुने संघीय सरकारका अर्थमन्त्री जिम चाल्र्मरले बताएका छन् । उनले अब बजारमा रोजगारीका अवसरहरु बढ्दै जाने भन्दै बेरोजगारी दर न्यून हुने समेत बताएका छन् ।
तथ्यांक विभागले हरेक महिना अर्थतन्त्र, रोजगारी र बजारबारे विश्लेषणात्मक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । मुख्य शहरका अतिरिक्त रिजनल क्षेत्रमा पनि रोजगारीका अवसर बढ्न थालेको बताईएको छ, यसलाई अर्थविदहरुले सकारत्मक संकेतका रुपमा बुझेका छन् । सरकारले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई रिजनल जानका लागि प्रोत्साहन पनि गरिरहेको छ ।
© 2023. All rights reserved. Designed By: HK Web Services