१५७ ह्वेलको उद्धार प्रयास असफल
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

काठमाडौं । विशेषज्ञहरूले तस्मानियाको एक दुर्गम समुद्री तटमा फसेका १५७ वटा ह्वेललाई उद्धार गर्ने आशा मारेका छन् । १८ फेब्रुअरी अर्थात् फागुन ६ गते दिउँसो तस्मानियाको आर्थर रिभर क्षेत्रको उत्तर–पश्चिमी किनारमा ह्वेलहरू फसेको फेला परेका थिए । त्यसपछि पशु चिकित्सकहरूसहित धेरैजना विशेषज्ञहरु त्यहाँ पुगेका थिए । घटनाको निगरानी गरिरहेकी शेले ग्राहमले समुद्र र मौसम प्रतिकूल भएका कारण उद्धार प्रयास असफल भएको बताइन् ।

यी चुनौतीपूर्ण समुद्री अवस्था केही दिनसम्म रहन सक्ने अनुमान गर्दै उनले भनिन्, ‘हामी आज बिहान समुद्रमा गयौं र दुई ह्वेललाई फिर्ता पानीमा पठाउने प्रयास ग¥यौं, तर सफल हुन सकेनौं । समुद्री लहरले धकेलेका कारण ती फेरि तटमै फर्केर अड्किरहेका छन् ।’

तस्मानिया राज्यको प्राकृतिक स्रोत तथा वातावरण विभागका अनुसार त्यहाँ फसेका ह्वेल ‘फल्स किलर ह्वेल’हरु हुन् ।बुधबार बिहानसम्म १३६ वटा ह्वेल जीवित थिए । प्रारम्भिक अनुमानअनुसार करिब ९० वटा ह्वेललाई बचाउन सकिने आशा गरिएको थियो । तर समय बित्दै जाँदा उनीहरुलाई बचाउने आश पनि मर्दै गयो । समुद्री जीव विज्ञानिक क्रिस कार्लयनले फसेका ह्वेलहरूलाई उद्धार गर्न नसकिने भएकाले अब मार्नु नै अन्तिम विकल्प भएको बताएका छन् ।

उनले भने, ‘हामीले गर्न सक्ने सबै वैकल्पिक उपायहरू असफल भइसकेका छन् । यी जनावरहरू जति लामो समयसम्म तटमा फसिरहन्छन्, त्यति नै पीडामा रहनेछन् । उनीहरुको छटपटाहट हेरिरहनुभन्दा अब मार्नु नै अन्तिम विकल्प छ ।’समुद्रतटसम्म पुग्न कठिनाइ, खराब मौसम तथा उद्धारका लागि आवश्यक उपकरण ल्याउने चुनौतीहरूले उद्धार प्रयासलाई झन् जटिल बनाइदिएकविशेषज्ञहरु बताउँछन् ।

 

(Visited 39 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services