एकबर्षमा १० हजार विद्यार्थी भिसा रद्द, एआरटीमा बढ्यो आवेदन
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । अस्ट्रेलियामा एक बर्षमा करिब १० हजार अन्तराष्ट्रिय विद्यार्थी भिसा रद्द भएको छ । अस्ट्रेलियामै रहेका विद्यार्थीको उक्त सँख्यामा भिसा रद्द हुनुलाई लेबर पार्टी नेतृत्वको सरकारले ल्याएको कडाईपूर्ण आप्रवासी नीतिलाई मुख्य कारण मानिएको छ ।

विद्यार्थी भिसा रद्द हुने क्रम उच्च गतिमा बढ्दै जाँदा एआरटीमा पुनरावेदन अर्थात अपिल गर्नेको सँख्या अत्यधिक रुपमा बढेको तथ्यांकहरुले देखाएको छ । आप्रवासी नीति अन्र्तगत सरकारले विद्यार्थीहरुलाई सप्ताह काम गर्ने समयवाधि २४ घण्टामा सीमित गरेको छ । कलेज तथा युर्निभसिटीमा नियमित कक्षामा उपस्थित नभएका, कलेजलाई बुझाउने पर्ने असाइन्टमेन्ट देखि बराम्बर कोर्ष परिवर्तन गरिरहेका विद्यार्थीहरुको भिसा रद्द भएको बताईएको छ ।

गृहमामिला सम्बन्धी मन्त्रालयको पछिल्लो तथ्याक अनुसार सन् २०२३ मा ९ हजार ५ सय १० विद्यार्थी भिसा रद्द भएका छन्, जबकी यो सँख्या अघिल्ला बर्ष ४ हजार ७ सय ११ मात्र रहेको थियो । तथ्यांक अनुसार, अध्ययन पूरा गरिसकेपछि पाईने टिआर भिसाको रद्द हुने क्रम भने घटेको छ । आर्थिक बर्ष ०२३–२४ मा १९ सय २७ भिसा रद्द भएको थियो तर, यो सँख्या अघिल्ला बर्ष ४ हजार भन्दा बढी रहेको थियो ।

सरकारले लिएको आप्रवासी नीतिकै कारण विभिन्न देशबाट विद्यार्थी भिसाको आवेदन पनि घटेको छ भने आवेदन अस्वीकृत हुने दर पनि उत्तिकै मात्रामा बढेको छ । यसरी आवेदन अस्वीकृत हुनेमा भारत, पाकिस्तान, नेपाल, बंगलादेश, फिलिपिन्स, इन्डोनिसिया जस्ता मुलुकहरु रहेका छन् ।

(Visited 50 times, 1 visits today)

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services