अस्ट्रेलियाले ६ मुलुकबाट नर्स ल्याउदै, कुन देश परे प्राथामिकतामा ?
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । स्वास्थ्य संस्थाहरुमा जनशक्तिको अभाब गहिरिदै गएपछि अस्ट्रेलियाले विभिन्न ६ राष्ट्रबाट नर्सहरु भित्र्याईने भएको छ । देशभरका स्वास्थ्य संस्थाहरुमा आगामी सन् २०३५ भित्र ७१हजार भन्दा बढी नर्स अभाव हुने प्रक्षेपण भइरहेको सन्र्दभमा उक्त समस्यालाई सम्बोधन गर्न आगामी अप्रिलबाट फास्ट ट्रयाक अन्र्तगत नर्सहरु ल्याउन लागिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

नर्स तथा मिडवाईफरीहरुको नियामक निकाय, Australian Health Practitioner Regulation Agencyआफराले गत जनवरी २६ मा सरकारलाई बुझाएको एक प्रतिवेदनका आधारमा स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्तिको अभाबलाई कम गर्न सिँगापुर, युके, आयरल्याण्ड, स्पेन र क्यानडाबाट नर्सहरु ल्याउन लागिएको बताईएको छ । क्यानडाको ब्रिटिश कोलम्बिया र ओन्टारियो राज्यमा रहेका नर्सहरुलाई बढी प्राथामिकता दिईने भएको छ । यी ६ देशबाट आवेदन दिने नर्सहरुको आवेदन प्रक्रिया छिटो अघि बढाउन सरकारले आवश्यक पहल गर्ने समेत जनाईएको छ । आ

फराले केहि सयमअघि, नर्समा करिअर बनाउन चाहाने अन्तराष्ट्रिय विद्यार्थीहरुका लागि अँग्रेजी भाषा परिक्षा अन्र्तगत पिटीई र आइएलटेस्टको न्यूनतम नम्बरको दायरालाई समेत घटाएको थियो । जस अन्र्तगत, पिटिई वा आइएलटेस्टको स्पिकिङ, राइटिङ, लिसनिङ र रिडिङ गरि चारै विधामा कम्तिमा ७ नम्बर ल्याउनुपर्नेमा अब रजिस्टर्ड हुनका लागि आइएलटेस्टमा समग्रमा ७ तर, राइटिङमा ६.५, तथा पिटिईमा समग्रमा ६६ तर, राइटिङमा ५६ नम्बर आएपनि योग्य मानिनेछ ।

(Visited 96 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services