
सिड्नी । अस्ट्रेलियामा करिब ७५ हजार अवैध आप्रवासी रहेको तथ्य खुलेको छ । विभिन्न भिसामा आएका तर भिसा अवधी पुरा भएपनि स्वदेश फिर्ता नभएका र डुगा मार्फत अस्ट्रेलिया भित्रिएका ती अवैध आप्रवासीलाई तत्काल डिर्पोट अर्थात देश निकाला गर्ने नीति लिनुपर्ने बताईएको छ ।
संघीय संसद्मा कुइनस्ल्याण्ड राज्यबाट प्रतिनिधित्व गर्ने सांसद तथा अस्ट्रेलियाको वान नेसन पार्टीकी प्रमुख पोलिन ह्यानसनले एक विज्ञप्ति जारी गर्दै आफ्नो दलले अस्ट्रेलिया फस्ट नीतिलाई आत्मसाथ गर्ने भन्दै वर्तमान सरकारकै कारण आप्रवासीको सँख्या अत्यधिक रुपले बढेको उल्लेख गरिएको छ । अमेरिकामा अवैध आप्रवासीलाई धमाधम देश निकाला गरिरहेको अवस्था र अस्ट्रेलियामा संघीय निर्वाचनको मिति नजिकिरहेको सन्र्दभमा वान नेसन पार्टीको उक्त विज्ञप्तिले निकै तरंग ल्याएको छ, तथापी यो दल अहिले निकै सानो रहेको छ भने सत्तामा पुग्ने संभावना पनि कमजोर रहेको छ ।
‘हाम्रो पार्टीले आप्रवासीको समस्या समाधान गर्न कडाईका साथ भिसामा कोटा प्रणाली लागु गर्नेछ भने विदेशी विद्यार्थीको सँख्या घटाउँदै विश्वविद्यालयहरुमा अस्ट्रेलियाका विद्यार्थीलाई प्रोत्साहन गर्नेछ’, विज्ञप्तिमा भनिएको छ । त्यस्तै, अवैध रुपमा बसेका आप्रवासीहरु जघन्य अपराधमा समेत संलग्न भएको भन्दै उनीहरुको डिर्पाेटमा सरकारले विलम्ब गर्न नहुने समेत जनाईएको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services