घट्न थाल्यो सिड्नी र मेलर्बनको कोठाभाडा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 week ago

सिड्नी । निरन्तर उकालो लागेको घरजग्गाको मुल्य घट्न थालेपछि अस्ट्रेलियामा कोठाभाडा सस्तो र सहज हुदै जाने अपेक्षा गरिएको छ । घरजग्गा सम्बन्धि मासिक प्रतिवेदन र जानकारी दिने कोर लजिकले सार्वजनिक गरेको रिर्पोटमा पछिल्लो दुई महिनामा अस्ट्रेलियाको हरेक शहरमा घर र अर्पाटमेन्टहरुको मुल्य घटेको देखाईएको छ ।

सबैभन्दा ठुलो शहर सिड्नीमा ०.४ र मेलर्बन ०.६ प्रतिशतले घरभाडा घटेको प्रतिवेदनले जनाएको छ । सन् २०२४ को डिसेम्बर महिनाको पहिलो सातादेखि घट्न थालेको ‘हाउजिङ प्राइस’ जनवरी महिना भर जारी रहेको थियो । अहिले पनि सिड्नीमा घरको औषत मुल्य ११ लाख डलर भन्दा बढी छ, तथापी यो मुल्य घट्न सक्ने बताईएको छ ।

घरजग्गाको मुल्य घटे सँगै, आफ्नो कमाईको ३३ प्रतिशत सम्म कोठा भाडामा खर्च गर्दै आएका सिड्नीबासीलाई ठुलो राहत भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।विगत पाँच बर्ष यता अस्ट्रेलियाका ठुला शहरहरुमा ३७ प्रतिशत सम्म कोठा भाडाको मुल्य बढेको थियो । ‘अन्ततः कोठा भाडामा बस्नेहरुलाई निकै राहत भएको छ’ कोर लजिकका रिसर्च डाईरेक्टर टिम लो लेशले भनेका छन् ।

(Visited 29 times, 2 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services