
सिड्नी । हामीले सडक सुरक्षाको कुरा गर्दैगर्दा अस्ट्रेलियाको सडक नेपालको भन्दा पूर्ण रूपमा फरक हुन्छ भनेर सबभन्दा पहिला बुझ्न जरूरी छ।गाडीको गति, सडकको नेटवर्क, लाइसेन्स प्राप्त गर्ने कुरादेखि लिएर हरेक हिसाबले नयाँ ठाउँ, नयाँ वातावरणमा जाँदै गर्दा अलि बढी सजग र सचेत हुनुपर्छ। अनि त्यही अनुरूप आफूले सडक सुरक्षाका नियमहरू थाहा पाएर आफूलाई सुरक्षित बनाउनु पर्छ। त्योसँगै अरूलाई पनि सुरक्षित बनाउनुपर्ने भएकोले सडक सुरक्षासम्बन्धी जानकारी लिने र लिएर जान प्रयास गर्नु राम्रो हो। त्यहाँ गइसकेपछि पनि सडकलाई नजिकबाट नियालेपछि बुझ्नलाई अझै सहज हुन्छ। सडक सुरक्षालाई महत्वका साथ हेरेर त्यसलाई लागू गर्नुपर्छ।
सार्वजनिक यातायातमा पुग्नुभन्दा पहिला पैदलयात्रीको कुरा बुझ्न जरूरी छ। हामी नेपालबाट गइसकेपछि ५र६ महिना अथवा १ वर्षसम्म पैदल यात्रीका रूपमा सुरूआत गर्छौं। त्यसकारणले पैदल यात्री सुरक्षाको कुरा हुन्छ। ट्राफिक संकेतका कुरा हुन्छन् यी लगायत सबै हामीले फलो गर्नुपर्छ। सार्वजनिक यातायातको कुरा गर्दा अस्ट्रेलिया र त्यसमा पनि भिक्टोरिया हेर्ने हो भने तीन प्रकारका सार्वजनिक यातायात हुन्छन्। बस, ट्रेन र ट्रयाम्प चढ्दा के गर्ने भनेर ध्यान दिन जरूरी छ।
सडक सुरक्षा भन्दै गर्दा सडक प्रयोगकर्ताको कुरा आउँछ। पैदल यात्रीदेखि गाडी चलाउने सबै सडक प्रयोगकर्ता हुन्। सबै सडक प्रयोगकर्ताहरूले यसलाई ध्यान दिनुपर्छ।पहिलो कुरा सडक प्रयोगमा बुझौं अनि दोस्रो कुरा सार्वजनिक यातायातमा आफू कसरी पोख्त हुने भनेर बुझ्न जरूरी छ। जस्तोस् त्यहाँ सेफ्टी लाइनहरू हुन्छन्। यी लाइनहरू क्रस नगरिकन पर्खिनुपर्छ।सार्वजनिक बसको कुरा गर्दा अगाडिको ढोकाबाट जाने पछाडिको ढोकाबाट झर्ने अनि पूर्ण रूपमा रोकेपछि मात्र झर्ने वा त्यो सवारी साधनमा चढ्ने भन्ने हुन्छ। ट्राम्पहरूमा पनि त्यस्तै हुन्छ।

सबभन्दा होसियारी अपनाउनुपर्ने भनेको रेलको यात्रा गर्दा हो। रेल जहिले पनि उच्च गतिमा दौडिने हुन्छ। सुरक्षा प्रोटोकल कायम राख्न नसक्दा यो खतरा पनि हो। यसमा सुरक्षालाई एकदमै ख्याल गर्नुपर्छ। झर्दाखेरी ग्यापलाई ध्यान दिनुपर्छ।अस्ट्रेलिया नेपाल पब्लिक लिंक भन्ने एउटा संस्था छ। जसको म पहिला अध्यक्ष समेत थिएँ। त्यो संस्थामार्फत् हामीले तीन काम गर्छौं। एउटा सडक सुरक्षा, दोस्रो मानसिक स्वास्थ्य र तेस्रो भनेको पानी सुरक्षा हो।हामीले विशेष गरी नेपाली समुदायलाई केन्द्रित गरेर सडक सुरक्षाको जनचेतनामा काम गर्छौं। अहिले नयाँ आउनेहरूका लागि सडक सुरक्षा भनेर काम गरिरहेका छौं। नेपाली समुदाय र अन्य देशबाट जानेहरूका लागि समेत कार्यक्रम गर्छौं।
हामीले सडक प्रयोग गर्दैगर्दा त्यसको खतराहरू केरके हुन् भनेर समेत हामी बुझाउँछौं। अर्को कुरा कसरी सुरक्षित तरिकाले गाडी चलाउने भन्ने हो।
कसरी सार्वजनिक यातायात प्रयोग हुन्छन्। सडकमा गाडी चलाउँदा गल्ती भयो भने कस्तो सजाय हुन्छ भनेर समेत हामीले तालिम दिने गर्छौं। केही सामान्य कुरामा फरक रहे पनि सडक प्रयोगबारे अस्ट्रेलियाभरी उस्तै खालका नियम छन्। हामीले गर्ने काम भिक्टोरिया र मेलवर्नमा केन्द्रित छ।
सडक सुरक्षाको जनचेतना गराउँदै गर्दा यति नै फाइदा भयो भनेर त भन्न नसकिएला तर सडक सुरक्षाबारे सयौंलाई जानकारी दिएका छौं। यसमा एक जनाको मात्र ज्यान जोगाउन सक्दा पनि यो हाम्रो उपलब्धि हो भनेर बुझेका छौं। (सडक सुरक्षा अभियन्ता निराजन गौली अस्ट्रेलियाको भिक्टोरिया राज्यमा नेपालका लागि वाणिज्यदूत समेत हुन्। यो लेख हामीले सेतोपाटीबाट साभार गरेका हौँ ।)
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services