अस्ट्रेलियनहरुको ‘घुमफिर गन्तव्य’ बन्दै नेपाल
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 weeks ago

सिड्नी । एक बर्षमा करिब ५० हजार अस्ट्रेलियनले नेपाल भ्रमण गरेका छन् । अध्ययन र रोजगारीका लागि नेपालीहरुको आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियाबाट सन् २०२४ मा ४६ हजार ७ सयले नेपाल भ्रमण गरेको यहाँको तथ्यांक विभागले जनाएको छ ।

अस्ट्रेलियाबासीका लागि नेपाल एक फास्टेष्ट ग्रोइङ इन्टरनेशल डेस्टिनेशन बनेको छ । विभागको तथ्यांक अनुसार, सन् २०२३को तुलनामा नेपाल भ्रमणमा जानेको सँख्या सन् २०२४ मा २२ प्रतिशतले बृद्धि भएको छ । फास्टेष्ट ग्रोइङ इन्टरनेशल डेस्टिनेशनमा जापान पहिलो स्थानमा रहेको छ, जहाँ एकबर्षमा ७ लाख ६४ हजार घुमफिरका लागि गएका थिए । त्यसपछि श्रीलंका, इरान, भियतनाम, इन्डोनिसिया, ताइवान र दुवइ रहेका छन् ।

नेपाल भ्रमणमा जाने अधिकाँश, नेपाली मुलकै नागरिक छन् । अस्ट्रेलियामा आएर यतै नागरिकता लिएकाहरु देश घुमफिरसँगै आफन्तजन भेटघाटका लागि नेपाल जाने गरेका छन्, त्यसका साथै नेपाली कला, संस्कृतिको अवलोकन र पदयात्राका लागि जाने अस्ट्रेलियनहरुको सँख्या पनि बढ्दै गएको छ । नयाँ–नयाँ ठाउँ घुमफिरमा रमाउने अस्ट्रेलियनहरुलाई नेपालमा अझै आकर्षिक गर्न सके स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै देशको अर्थतन्त्रलाई समेत महत्वपूर्ण योगदान पुग्नेछ ।

(Visited 35 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services