सिड्नी । अस्ट्रेलियामा बर्किङ होलिडे भिसामा आउने विदेशी नागरिकको सँख्या ह्वात्तै बढेको छ । डिर्पाटमेन्ट अफ होम अफियर्सलाई उदृत गर्दै स्थानीय ७ न्यूजले सार्वजनिक गरेको एक रिर्पोटमा अहिले २ लाख १३ हजार विदेशी नागरिक बर्किङ होलिडे भिसामा रहेका छन् ।
पछिल्लो एक बर्षमा मात्रै ४० हजार, नागरिक उक्त भिसामा अस्ट्रेलिया आएका छन् । रिर्पोटका अनुसार, यो सँख्या अहिले सम्मकै उच्च हो । अस्ट्रेलियाले वर्किङ होलिडे मेकर कार्यक्रम अन्र्तगत युके, फ्रान्स, जापान, आयरल्याण्ड, चीन लगायत ५० राष्ट्रका नागरिकलाई बर्किङ होलिडे भिसा प्रदान गर्दै आएको छ । पछिल्लो समय भारतसंग पनि यो सम्झौता भए संगै बार्षिक एक हजार भारतीयहरु आउन पाउनेछन् ।
वर्किङ होलीडे भिसामा हुने एक बर्ष अस्ट्रेलियामा निर्वाध रुपमा काम र अध्ययन गर्न पाइन्छ । तथ्यांक अनुसार, होलीडे भिसामा आउनेमा सबैभन्दा बढी युकेका नागरिक रहेका छन् । उनीहरुको सँख्या ४५ हजारको हाराहारीमा छन् । त्यसपछि, फ्रान्स, आयरल्याण्ड, जापान जस्ता देश रहेका छन् ।
© 2023. All rights reserved. Designed By: HK Web Services