अस्ट्रेलियाले दियो २० हजार ६ सयलाई नागरिकता
प्रकाशित मितिः3 weeks ago

सिड्नी । अस्ट्रेलियाले एकसय ५० मुलुकका २० हजार भन्दा बढी नागरिकलाई अस्ट्रेलियन सिटिजनशीप (नागरिकता) वितरण गरेको छ । अस्ट्रेलियन डेको अवसरमा आइतबार ३ सय ८० स्थानमा भएको विशेष समारोहबाट २० हजार ६ सय नागरिकता वितरण गरिएको गृह मामिला मन्त्रालयले जनाएको छ ।

अस्ट्रेलियाले हरेक बर्ष अस्ट्रेलियन डेको अवसरमा सम्पूर्ण प्रक्रिया पुरा गरेका आवेदनकर्ताहरुलाई नागरिकता प्रदान गर्ने गर्दछ । राजधानी क्यानवेरामा आयोजित विशेष समारोहमा प्रधानमन्त्री एन्थोनी एलबनीजिले नागरिकता वितरणपछि हरेक राज्य र काउन्सिलहरुमा जनप्रतिनिधीहरुले नागरिकता प्रदान गरेका थिए । ‘यो विशेष दिनमा नयाँ अस्ट्रेलियनहरुलाई स्वागत गर्न पाउँदा खुशी लागेको छ’, प्रधानमन्त्री एलबनिजीले नागरिकत वितरणको फोटो पोष्ट गर्दै लेखेका छन् ।

अस्ट्रेलियन नागरिकता प्राप्त गर्नका लागि कम्तिमा स्थायी वशोवाश अनुमति पाएर, केहि बर्ष अस्ट्रेलियामा बिताएको हुनुपर्नेछ । त्यसका साथै सिटिजनसम्बन्धि अन्य कागजातहरु पनि पुरा गर्नुपर्ने हुन्छ । यसरी, अस्ट्रेलियन नागरिकता लिनेमा चिन, भारत, फिलिपिन्स, इन्डोनिसिया, नेपालसँगै १ सय ५० मुलुकका नागरिक रहेको बताईएको छ । अहिले अस्ट्रेलियाको जनसँख्या ३ करोडको हाराहारीमा पुगेको छ ।

(Visited 62 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services