सिड्नी । नयाँ बर्ष सन् २०२५ सँगै अस्ट्रेलियामा अन्तराष्ट्रिय विद्यार्थीहरुका लागि कोटा प्रणालीदेखि न्यूनतम तलब भन्दा कम दिनेलाई अपराध मानिने नियमहरु कार्यान्वयनमा आएको छ ।
संघीय सरकारले यसअघि नै मन्त्रीस्तरीय निर्णयबाट अन्तराष्ट्रिय विद्यार्थीको बार्षिक कोटा २ लाख ७० हजारमा सीमित गर्ने, त्यसमा रिजनल क्षेत्रमा सञ्चालित विश्वविद्यालय तथा क्याम्पस र भोकेशनल शैक्षिक संस्थाहरुलाई प्राथामिकता दिने घोषणा गरिसकेको छ । यी प्रावधानहरु, अब नयाँ बर्ष सँगै कार्यान्वयनमा आएको छ । त्यस्तै, सरकारले दक्ष कामदारलाई लक्षित गर्दै स्किल्स् इन डिमान्ड भिसा पनि सक्रिय रुपमा कार्यान्वयनमा आएको छ । जनवरी १ देखि न्यूनतम तलब भन्दा पनि कम पारिश्रमिक दिनेलाई अपराधको रुपमा मुद्दा चलाइनेछ, जहाँ दोषी प्रमाणित भए १० बर्ष जेल सजायँ हुने उल्लेख छ ।
त्यस्तै, जनवरी १ देखि सेन्टरलिंकबाट आउने पैसा पनि विधागत रुपमा १५ देखि ३० प्रतिशत सम्म बृद्धि हुनेछ । होटल तथा क्लबहरुमा पोकर मेसिन नजिकै एटिएम कार्डको मेसिन पनि राख्न पाइने छैन्, यो नियम भने न्यू साउथ बेल्स राज्यमा मात्रै कार्यान्वयनमा आएको छ । र, अस्ट्रेलियन पासर्पोटको शुल्क पनि १५ प्रतिशतले बृद्धि भएको छ, यससँगै अस्ट्रेलियाको पासपोर्ट विश्वको सबैभन्दा महँगो पासपार्ट बनेको छ ।
© 2023. All rights reserved. Designed By: HK Web Services