अस्ट्रेलियाको रिजनल क्षेत्रमा पढ्ने विद्यार्थीलाई प्राथामिकता
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 weeks ago

सिड्नी । अस्ट्रेलियाले रिजनल युनिर्भसिटीहरुमा अध्ययन गर्न चाहाने अन्तराष्ट्रिय विद्यार्थीलाई उच्च प्राथामिकतामा राख्ने भएको छ । सन् २०२५ बाट कार्यान्वयनमा आउने अन्तराष्ट्रिय विद्यार्थीहरुको बार्षिक कोटामा रिजनल क्षेत्रमा सञ्चालित विश्वविद्यालय तथा त्यसबाट सम्बन्धन लिएका कलेजहरुमा अध्ययन गर्नेलाई भिसा प्रोसेसिङ देखि निर्णय प्रक्रियासम्म प्राथामिकता दिईने बताईएको छ ।

सरकारले गत हप्ता जारी गरेको मिनिस्टीरियल डिरेक्शन १११ मा विद्यार्थी भिसासम्बन्धि आवेदनलाई उच्च प्राथामिकता र स्टान्र्डड प्राथामिकता गरि दुई प्रकारमा छुट्टाईएको छ । बार्षिक २ लाख ७० हजार सँख्या नबढ्ने गरि, यसअघि विश्वविद्यालय र भोकेशनल शैक्षिक संस्थाहरुलाई दिईएको कोटाको ८० प्रतिशतसम्म उच्च र त्यसपछि स्टान्र्डड प्राथामिकताका आधारमा भिसाको प्रोसेसिङ हुनेछ ।

शिक्षा मन्त्री जेइसन क्लियरले सरकारको पछिल्लो निर्देशनले रिजनल तथा भोकेशनल शैक्षिक संस्थाहरुलाई ठुलो राहत मिलेको बताएका छन् । विदेशी विद्यार्थी सँख्या घटाउने भन्दै सरकारले लिएको कोटा प्रणालीले रिजनल क्षेत्रमा सञ्चालित विश्वविद्यालयहरु धराशायी हुने भन्दै अस्ट्रेलियामा केहि समयदेखि बहस चल्दै आएको थियो ।

(Visited 81 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services