अस्ट्रेलिया सरकारले ल्यायो विद्यार्थी भिसासम्बन्धि परिर्वतन
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 week ago

सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले विद्यार्थी भिसा सम्बन्धि महत्वपूर्ण परिर्वतन ल्याएको छ । यसअघि सरकारले घोषणा गरेको अन्तराष्ट्रिय विद्यार्थीको बार्षिक कोटा सम्बन्धि विधेयक संसदबाट पारित हुन नसकेपछि सरकारले मिनिस्टीरियल डिरेक्शन १११ जारी गर्दै विद्यार्थी भिसा सम्बन्धि स्पष्ट निर्देशन दिएको हो ।

जस अनुसार, सरकारले तोकेको बार्षिक २ लाख ७० हजार अन्तराष्ट्रिय विद्यार्थीको कोटालाई कडाईका साथ लागू गरिनेछ । उक्त सँख्या नबढ्ने गरि सरकारले सबै विश्वविद्यालय, क्याम्पस तथा कलेजहरुलाई आवश्यक कोटा प्रदान गरिसकेको छ । मिनिस्टीरियल डिरेक्शनमा विद्यार्थी भिसासम्बन्धि आवेदनलाई उच्च प्राथामिकता र स्टान्र्डड प्राथामिकता गरि दुई प्रकारमा छुट्टाईएको छ ।

विश्वविद्यालय तथा क्याम्पसहरुलाई दिईएको कोटाको ८० प्रतिशत आवेदन नपुगेसम्म उच्च र त्यसपछि स्टान्र्डड प्राथामिकताका आधारमा भिसाको प्रोसेसिङ हुनेछ । उच्च प्राथामिकतामा रहेका आवेदनको निर्णय प्रक्रिया छिटो र स्टान्र्डड प्राथामिकतामा केहि ढिला हुनेछ । शिक्षामन्त्री जेइसन क्लियरले विद्येयक पारित नभएपनि पछिल्लो निर्देशकले शैक्षिक क्षेत्रमा देखिएको अन्र्योलता हटेको बताएका छन् ।

(Visited 102 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services